Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • बालेनद्वारा शर्मालाई गैरकानुनी रुपमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मा


    बिहिबार, माघ ३ २०८१
    2.5K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सामाजिक संजालमा प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको चर्को आलोचना गर्दैआएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) आफैंले भने गैरकानुनीरुपमा गोविन्दप्रसाद शर्मालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएका छन् । मेयर साहले राजीनामा दिइसकेका शर्मालाई बिदामा बसेको भनी पुनः निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिएका छन् ।

    एकातिर मेयर साहले मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृत खटाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र लेखेर पठाएका छन् अर्कोतिर राजीनामा दिइसकेका गोविन्दप्रसाद शर्मा निमित्तको जिम्मा दिएका छन् ।

    कानुनतः महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नेपाल सरकारले मात्र दिनसक्छ । सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृत बिदा बस्नुपर्दा वा विदेश जाँदा निमित्त कसैलाई दिनसक्छ । सरकारले खटाएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले शिक्षा शिक्षा बिभागका प्रमुख गोविन्दप्रसाद शर्मालाई २०८१ पुस ८ गतेदेखि पुस १७ गतेसम्म निमित्त भई कामकाज गर्ने पत्र दिएका थिए ।

    काठमाडौं भ्यूटावरको नक्सापासको बिषयमा प्रक्रिया अगाडि बढाएपछि बालेनले गुरागाईलाई कामकाज गर्न रोकेपछि उनले शर्मालाई निमित्तको पत्र दिएका थिए । निमित्तको जिम्मा पाएका गोविन्दप्रसाद शर्र्माले पनि पुस २२ गते राजीनामा दिएका थिए । तर तिनै राजीनामा दिएका शर्मालाई मेयर साहले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिएका छन् । जुन सरासर गैरकानुनी छ ।

    गैरकानुनी रुपमा नियुक्त भएका शर्माले प्रमुख प्रशासकीय अधिकृतको हैसियतमा गरेका निर्णयहरु कानु्नसम्मत नहुने महानगरकै अधिकारी बताउँछन् । मेयर साहले स्थानीय सरकार संचालन ऐन २०७४ कै बिपरीत निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा शर्मालाई जिम्मा दिएका छन् । यो बिधिको शासनको उपहास हो । स्थानीय सरकार संचालन ऐन २०७४ मा प्रमुख प्रशासकीय अधिकृत नेपाल सरकारले मात्र तोक्ने प्रावधानलाई बालेन साहले ठाडै चुनौती दिएका छन् । र, उनले शर्मालाई हुँदै नभएको अधिकार प्रयोग गरी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिई गैरकानुनी काम गरेको आरोप छ ।

    गोविन्द शर्मा कानुनतः पुस १७ गतेदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत होइनन् । पुस १७ पछि उनले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा गरेका निर्णय कानुनसम्मत हुँदैनन् । तर पुस १७ पछि पनि उनले गैरकानुनीरुपमा विभिन्न निर्णयमा हस्ताक्षर गरेका छन् । पुस २४ मा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा शर्माले गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई भूकम्प सम्बन्धी कार्यक्रममा प्रमुख आतिथ्यता गरिदिनका लागि पत्र लेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार