Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ऊर्जामन्त्री खड्काले सोधे कुलमानलाई ९ बुँदे स्पष्टीकरण, हटाउने तयारी


    सोमबार, पुष २२ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नौ बुँदे स्पष्टीकरण सोधेका छन् ।
    मन्त्री खड्काको निर्देशनमा सोमबार ऊर्जा सचिव सुरेश आचार्यले सात दिनभित्र जवाफ पेस गर्न भन्दै घिसिङलाई स्पष्टीकरण सोधेका छन् ।

    सात दिनभित्र चित्तबुझ्दो जवाफ प्राप्त नभए कानुनबमोजिम थप प्रक्रिया अघि बढाउने समेत उक्त पत्रमा उल्लेख छ । पत्रमा उल्लेख भएको भाषाले पनि मन्त्री खड्काले प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई हटाउनका लागि स्पष्टीकरण सोधेको स्पष्ट देखिन्छ ।

    मन्त्रालयले पठाएको पत्रको ८ नम्बर बुँदामा प्राधिकरणको सञ्चालक समितिको बैठकमा सरकारी निकायको कार्यकारी प्रमुखको हैसियत भुलेर पटक–पटक असहयोगी भूमिका खेल्ने गरेको आरोप लगाइएका छ ।

    पुस ४ को सञ्चालक समितिको बैठकको माइन्युटमा डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल विवाद समाधान गर्न मन्त्रिपरिषद्को निर्देशनमा मन्त्रालयले गठन गरेको प्राविधिक जाँच समितिलाई आवश्यक सहयोग उपलब्ध गराउने एजेन्डामा नेपाल सरकारबाट नियुक्त भएका प्राधिकरणका कार्यकारी निर्देशकले नोट अफ डिसेन्ट लेखेर सरकारको निर्देशनको अवज्ञा गरेको उल्लेख छ । नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा २५ को उल्लंघन हुनेगरी सरकारको निर्देशनको अवज्ञा गरेको आरोप पनि उनीमाथि लगाइएको छ ।

    १८ घन्टा लोडसेडिङ भएको समयमा २४ घन्टा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेको ८ अर्ब रुपैयाँ बिद्युत महसुल नतिर्ने जगदम्बा स्टीलका सुलभ अग्रवाल, पशुपति मुरारका, पवन गोल्यान लगायतका ब्यापारीको प्रभावमा परी मन्त्री खड्काले घिसिङलाई स्पष्टीकरण सोधेको आरोप छ ।

    यस्तो छ घिसिङलाई सोधिएको स्पष्टीकरण :

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार