Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २१ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस


    बुधबार, पुष ३ २०८१
    2.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ- २१ जना उपसचिवहरु सहसचिव बढुवाका लागि सिफारिस गरिएको छ । ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा समितिको मंगलबार बसेको बैठकले प्रशासन सेवाका १९ र लेखापरीक्षण सेवाका २ गरेर २१ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

    प्रशासन सेवातर्फ बढुवा हुनेमा पदमकुमार श्रेष्ठ, दिलिपकुमार गौतम, योगेन्द्रप्रसाद दुलाल, युवराज अधिकारी, भविश्वर पाण्डे, चन्द्रबहादुर शिवाकोटी, हेमराज भुसाल, भरत गौतम, बिमलप्रसाद बराल, बलराम ढकाल, पवनकुमार तिमिल्सेना रहेका छन् ।

    यस्तै गोविन्दप्रसाद अधिकारी, पुरुषोत्तम अधिकारी, शान्तिराज प्रसाईँ, नारायणप्रसाद मैनाली, चिरञ्जीवी तिमिल्सेना, कवीन्द्र नेपाल र यमेन्द्र उपाध्याय रहेका छन् । त्यसैगरी लेखापरीक्षण सेवातर्फ लक्ष्मण आचार्य र धुब्रराज भुसाल रहेका छन् ।

    बढुवा सूचीमा चित्त नबुझेको अवस्थामा ३५ दिनभित्र बढुवा समितिमा उजुरी दिन सकिने र कोही कसैको उजुरी नपरेको अवस्थामा सरकारले ३५ दिनपछि २१ जना उपसचिवलाई नै सहसचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार