Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महोत्तरीका दुई नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा


    सोमबार, पुष १ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    सेवाग्राहीसँग घुस लिई भ्रष्टाचार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय, महोत्तरीको मुद्दा फाँटमा कार्यरत सुव्बाद्वय अशोक कुमार यादव र दिनेश प्रसाद साहविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

    नायब सुव्बाद्वयले सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदार (पीडित पक्ष) ले पाउनुपर्ने क्रिया खर्च तथा क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको अख्तियारको दाबी छ ।

    उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २०,हजार रुपैयाँ कायम गरी विषेश अदालतमा मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार