काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल सांस्कृतिक तथा बाद्यबादन गुल्मको कमाण्ड सम्हालेको छोटो समयमै डीएसपी सुरेश गैरेले आर्थिक अनियमिततामा लागेका छन् । सो गुल्ममा कार्यरत कर्मचारीहरुले युएन मिसनबाट फर्केपछि ५ सय रुपैयाँ जम्मा गरी अक्षयकोष खडा गरेका छन् ।
सो कोष तत्कालीन डीएसपी कुलबहादुर थापाको पालामा खडा गरिएको थियो । उक्त गुल्ममा कार्यरत सशस्त्र प्रहरी बलका कर्मचारीलाई आर्थिक सहयोग(सापटी) दिने उद्देश्यले कोष खडा गरिएको थियो । सो कोषमा जम्मा भएको करिब १ लाख ५० हजार रुपैयाँ कसरी ब्यवस्थापन गर्ने भनेर तत्कालीन कमाण्डर डीएसपी दलप्रसाद काफ्लेले सो गुल्ममा कार्यरत इन्स्पेक्टरको कमाण्डमा समिति बनाएका थिए । समिति बनाई सो रकम रकमको ब्यवस्थापन गर्नका लागि राय मागेका थिए । सो समिति ले गरेको छलफलअनुुसार गुल्ममा कार्यरत सम्पूर्ण कर्मचारीका लागि ट्रयाकसुट खरिद गरी बितरण गर्ने निर्णय गरे ।
ट्रयाकसुट खरिद गर्न रकम अपुग भएमा भएमा सम्पूर्ण कर्मचारीहरुले बर्षभरी खटिएबापत कल्याणकारी सेवा केन्द्रबाट प्राप्त प्रोत्साहन भत्ताबाट केही पैसा थप गर्ने सहमति समितिमा भएको थियो । तत्कालीन डीएसपी दलप्रसाद काफ्लेकै पालामा यो निर्णय भएको थियो । काफ्लेपछि गुल्मको कमाण्ड सम्हालेका डीएसपी गैरेले सो रकमबाट ट्रयाकसुट खरिद गरी बितरण गर्न पटक पटक रिपोर्ट गर्दा पनि आनाकानी गर्दैैआएका छन् ।
गैरेले पछिल्ला दिनमा त ट्रयाकसुट खरिदको बारेमा कुरा उठाउनेलाई हप्काउने, हुँदैन भनेर गालीगलौज गर्ने गरेको गुल्ममै कार्यरत सशस्त्र प्रहरीहरुले नेपालफेसलाई गुनासो पठाएका छन् । हाल आएर उक्त रकमले मेस बनाउने आदेश भएको छ । आईजीपी राजु अर्यालले ट्रयाकसुट खरिद गर्नुहुँदैन भनेका छन् भन्दै थर्काएका छन् । कोही बढी बाले डाँडा कटाउँछु, अब यो गुल्म महाबिद्यालय हुँदैछ । अबको कमाण्डर सधैं मै हुन्छु, महाविद्यालय मेरो हो भनेर थर्काउने गरेका छन् ।
संगीतकार गैरे संगीतका अब्बल होलान् तर उनको ज्ञान भएको संगीत बैन्ड टोलीमा एकछेउ पनि मिल्दैन । गैरेको संगीतको ज्ञान र बैन्ड गु्रपको ज्ञानको बिषय नै फरक छ । उनी सो गुल्ममा आएको करिब ३ महिना भयो । कुन बाजाको नाम के हो भन्ने नै थाहा हुन सकेको छैन । सिपाहीदेखि सबैले गाँस काटेर जम्मा गरेको रकमले गैरेले हाल आएर धमाधम मेस बनाउन सुरु गरेका छन् ।
सशस्त्र प्रहरी बलमा मेस बनाउन, भवन निर्माण गर्न सरकारले नै बजेट दिने गर्दछ । थोरै तलव पाउने सिपाहीको रगत, पसिना, मेहनतको कमाइबाट मेस बनाउने आदेश आईजीपी अर्यालले दिएका हुन् कि गैरेले नै आफ्नै तजबिजमा गरेका ह्न ? सशस्त्र प्रहरीलाई मेस बनाउने रकम राज्यले नदिएर सिपाहीको गाँस काटेर बनाउन लागिएको हो भन्ने प्रश्न उठेको छ ।
सिपाहीले गुल्ममा कार्यरत कर्मचारीहरुको खाँचो टार्नका लागि जम्मा गरेको रकममा डीएसपी गैरेको बक्रदृष्टि किन परेको होला ? बैन्ड गुल्मका सिपाहीहरुले पठाएको गुनासोपत्रमा प्रश्न गरेका छन्–‘हामीले हाम्रो गाँस काटेर रकम जम्मा गरी ट्रयाकसुट खरिद गर्नु अपराध हो आईजीपी साब ? डीएसपी गैरेले सिपाहीको गाँस काटेर जम्मा गरेको रकमबाट मेस बनाउने नाममा हिनामिना गर्न लागेका त होइनन् ?’
स्मरण रहोस्, ब्यान्ड गुल्मको कमाण्डर बनाइएका डीएसपी गैरे पूर्वआईजीपी शैलेन्द्र खनालका अति विश्वासपात्र भएर उनको पालामा चाकरी गरी लिनुसम्म लाभ लिनेमा पर्दछन् । खनाल आईजीपी हुँदा एकसे एक काबिल र क्षमतावान अधिकृत हुँदाहुँदै गैरेलाई १५ महिनाका लागि अमेरिका अध्ययनमा पठाएका थिए । खनाल र गैरे मामा फुपूका छोरा हुन् । गैरेलाई डीएसपीहरुको लागि आकर्षक मानिने काठमाडौंको गुल्मपति पनि खनालले बनाएका थिए । त्यो गुल्मको इन्चार्ज हुँदा गैरे रासन घोटालामा मुछिएपछि छानबिन कमिटी नै बनेको थियो ।
छानबिन टोलीले रासन घोटालामा उनको त्रुटि औंल्याएको प्रतिवेदन आइजीपी खनाललाई दिएको भए पनि भाइलाई कारबाही नगरी उन्मुक्ति दिएका थिए । उक्त प्रतिवेदन आफ्नै दराजमा थन्क्याएर तिनै गैरेलाई अमेरिकाको १५ महिनाको माष्टर डिग्री अध्ययनका लागि छनोट गरेका थिए ।
रासन घोटालामा परेका डीएसपी गैरेलाई अमेरिकामा अध्ययनका लागि छानेकोमा सशस्त्रमा नातावाद हावी भयो भनेर असन्तुष्टी प्रकट भएको थियो । खनालका आफन्त गैरेले उनको कार्यकालको अन्तिममा उनैबिरुद्ध अर्याललाई कुरा लगाएर नजिक भएका थिए । खनालका सबै कुरा लगाएबापत उनलाई अर्यालले बैन्ड गुल्मको इन्चार्ज बनाएका छन् । र, अब महाविद्यालय बनाएर उनैलाई हर्ताकर्ता बनाउन लागेको स्रोत बताउँछ ।
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend