Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीको प्राविधिक तर्फका ५ जना एसपी एसएसपीमा बढुवा सिफारिस


    शुक्रबार, मंसिर १४ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रहरीको प्राविधिक तर्फका ५ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिसमा परेका छन् ।

    बिहिबार बसेको बढुवा सिफरिस समितिको बैडकले उनीहरुलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न उनीहरूलाइ सिफारिस गरिएको हो । जसअनुसार चिकित्सातर्फ डा केदार खड्गी, डा धन्दबहादुर बुढाथोकी, डा पवन कुमार राय र डा सुवर्ण कुँवर रहेका छन् ।

    त्यस्तै सूचना प्रविधि कम्युटरतर्फका प्रहरी उपरीक्षक श्याम कुमार मण्डललाई पनि प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गराएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार