काठमाडौं । नेकपा (एमाले)लाई काठमाडौं महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना गरेको छ ।
शुक्रबार एमालेले जागरणसभाका क्रममा सडकपेटीमा जथाभावी फोहोरमैला गरी प्रदूषण फैलाएको भन्दै महानगरले १ लाख रुपैयाँ जरिवाना गरेको हो । एमालेको जागरणसभा भएकै दिन महानगरले एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निर्देशनमा नगर प्रहरी निरीक्षक लीलाराज गाछाले एमालेका नाममा सम्बोधन गरी लेखेको पत्रमा उल्लेख छ–‘२०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं. १ दरवारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेकाले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम रु १ लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’
महानगरको पत्र

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend