Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालेन साहले गरे एमालेलाई १ लाख जरिवाना, फोहोरमैला र प्रदूषण फैलाएको आरोप


    शुक्रबार, मंसिर ७ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)लाई काठमाडौं महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना गरेको छ ।

    शुक्रबार एमालेले जागरणसभाका क्रममा सडकपेटीमा जथाभावी फोहोरमैला गरी प्रदूषण फैलाएको भन्दै महानगरले १ लाख रुपैयाँ जरिवाना गरेको हो । एमालेको जागरणसभा भएकै दिन महानगरले एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निर्देशनमा नगर प्रहरी निरीक्षक लीलाराज गाछाले एमालेका नाममा सम्बोधन गरी लेखेको पत्रमा उल्लेख छ–‘२०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं. १ दरवारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेकाले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम रु १ लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’

    महानगरको पत्र

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार