Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीविरुद्ध जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनता विरुद्धको षडयन्त्र- महासचिव पोखरेल


    मंगलबार, मंसिर ४ २०८१
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताएका छन् ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनिमा लागानी गरेको प्रमाण भन्दै कागजपत्र सार्बजनिक गरेपछि महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

    पोखरेलले भनेका छन्- देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र हो ।

    कुनै पनि समाजका लागि षडयन्त्र र अराजकता त्यस समाजको भविष्यलाई वर्वाद बनाउने विषवृक्ष हो । यस प्रकारको षडयन्त्र र अराजकतावाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार