काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरण संचालक समितिबाट बहुमतका आधारमा ४० उद्योगमा काटिएको बिजुली लाइन जोड्ने निर्णय गरे पनि प्राधिकरणका कार्यकारी अध्यक्ष कुलमान घिसिङले बक्यौता असुल गर्ने निर्णयबाट पछि नहट्ने भएका छन् ।
मंगलबार मन्त्री खड्काको अध्यक्षतामा बसेको प्राधिकरण बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको हो । मन्त्री खड्काले बोर्डबाट बहुमतका आधारमा बक्यौता असुल नगरी लाइन जोड्ने निर्णय गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ त्यो निर्णय कार्यान्वयन गर्ने पक्षमा छैनन् ।
करिब २२ अर्ब बक्यौता तिर्नुपर्नेमा लाल आयोग गठन भएपछि त्यो आयोगमै प्रभावमा पारी ७ अर्बमात्र तिर्नुपर्ने निर्णय गराएका उद्योगी पशुपति मुरारका, पवन गोल्यान र सुलभ अग्रवालहरु त्यो समेत नतिर्ने खेलमा लागेका छन् । डाबर नेपालसहित धेरै उद्योगले डेडिकेटेड र ट्रंकलाइनको महसुल तिरे पनि मुरारका, गोल्यान र अग्रवालसहितले तिर्न आनाकानी गरी कांग्रेस र एमालेलाई प्रभावमा पारी नतिर्ने खेलमा लागेका हुन् । प्राधिकरणले बक्यौता नतिर्ने उद्योगलाई पछिल्लो पटक ०८१, कात्तिक ८ गतेको समयसीमा दिएर नतिरेपछि कात्तिक ९ गते लाइन काटेको थियो ।
ऊर्जामन्त्री खड्का र प्रधानमन्त्री केपी शर्मा ओली प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर भए पनि बक्यौता नतिराई उद्योगीहरुको माग पूरा गर्न प्रतिबद्ध देखिएका छन् । उद्योगीहरुले डेडिकेटेड फिडर र ट्रंकलाइन सेवा लिएबापत तिर्नुपर्ने करिब साढे ८ अर्ब रुपैयाँ विद्युत महसुल बक्यौता तिर्नुनपर्ने व्यवस्था गराउनका लागि कुलमानलाई नै हटाउने गरी सरकार लागेको छ ।
३५ अर्ब संचित घाटा रहेको प्राधिकरणलाई ८३ अर्ब मुनाफामा लाने घिसिङ ७ अर्ब असुलेरै छाड्ने पक्षमा छन् । तर जनतालाई १८ घन्टा लोडसेडिङमा राखी २४ घन्टा डेडिकेटेड फिडरबाट विद्युत लाइन प्रयोग गरेका मुरारका, गोल्यान र अग्रवालहरु बक्यौता नतिर्नका लागि कुलमानका बिरुद्ध पछिल्ला दिनमा मिडियामा समेत गोयबल्स शैलीमा उत्रिएका छन् । महसुल नतिर्नेहरुको पक्षमा केही मिडिया कुलमानका बिरुद्ध बिषबमन गरिरहेका छन् ।
आइतबार मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो ।
सोमबार नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूले मन्त्रिपरिषद्को निर्णयको विरोध गरेका थिए । उनीहरूले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रकम नबुझाएरै लाइन जोडिए संघर्ष गर्ने चेतावनी दिएका थिए ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend