Nepal Face
  • शनिबार, २० भाद्र २०८३
  • सुरुङबाट उद्धार सहज बनाउन स्वीट्जरल्यान्डले नेपाललाई दियो अत्याधुनिक ड्रोन


    शनिबार, भाद्र २० २०८३
    95
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । रसुवा बाढी आएको ११ दिन बितिसकेको छ । सुरुङ आयोजनामा फसेकाहरुको उद्दार कार्य जारी छ । जलविद्युत आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रका सुरुङभित्र उद्धार कार्यलाई सहज बनाउन स्विट्जरल्यान्डले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ ।

    नेपालस्थित स्विट्जरल्यान्ड दूतावासका अनुसार स्विट्जरल्यान्डको प्रसिद्ध ड्रोन निर्माता कम्पनी ‘फ्लाइबिलिटी’ले निर्माण गरेको उक्त ड्रोन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको हो ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विशेष अनुरोधमा ल्याइएको ड्रोन स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञले प्राधिकरणलाई हस्तान्तरण गरेका हुन् ।

    विशेषगरी मानिस पुग्न नसक्ने अँध्यारा तथा साँघुरा सुरुङभित्र उडान भरेर अवस्था अवलोकन गर्न सक्ने गरी ड्रोन निर्माण गरिएको छ ।

    फ्लाइबिलिटीका ड्रोनमा विशेष सुरक्षा घेरा हुने भएकाले सुरुङका भित्ता वा चट्टानमा ठोक्किए पनि क्षति नभई निरन्तर उडान गर्न सक्ने बताइएको छ ।

    यस प्रविधिको प्रयोगबाट सुरुङभित्र जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिको अवस्था पहिचान गर्न तथा उद्धार कार्यलाई थप सहज र सुरक्षित बनाउन सहयोग पुग्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार