काठमाडौं । रसुवा बाढी आएको ११ दिन बितिसकेको छ । सुरुङ आयोजनामा फसेकाहरुको उद्दार कार्य जारी छ । जलविद्युत आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रका सुरुङभित्र उद्धार कार्यलाई सहज बनाउन स्विट्जरल्यान्डले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ ।
नेपालस्थित स्विट्जरल्यान्ड दूतावासका अनुसार स्विट्जरल्यान्डको प्रसिद्ध ड्रोन निर्माता कम्पनी ‘फ्लाइबिलिटी’ले निर्माण गरेको उक्त ड्रोन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विशेष अनुरोधमा ल्याइएको ड्रोन स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञले प्राधिकरणलाई हस्तान्तरण गरेका हुन् ।
विशेषगरी मानिस पुग्न नसक्ने अँध्यारा तथा साँघुरा सुरुङभित्र उडान भरेर अवस्था अवलोकन गर्न सक्ने गरी ड्रोन निर्माण गरिएको छ ।
फ्लाइबिलिटीका ड्रोनमा विशेष सुरक्षा घेरा हुने भएकाले सुरुङका भित्ता वा चट्टानमा ठोक्किए पनि क्षति नभई निरन्तर उडान गर्न सक्ने बताइएको छ ।
यस प्रविधिको प्रयोगबाट सुरुङभित्र जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिको अवस्था पहिचान गर्न तथा उद्धार कार्यलाई थप सहज र सुरक्षित बनाउन सहयोग पुग्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend