Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • मानवतस्करीमा मुछिएका मन्त्री अधिकारी एमालेबाट निलम्बित


    शनिबार, कार्तिक २४ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रदेश सरकारको अनुमति नलिई जापान भ्रमणमा जाने क्रममा मानव तस्करीको आरोप लागेका कोशी प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारी एमालेको संगठित सदस्यबाट निलम्बन भएका छन् ।

    पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य र संगठित सदस्यबाट समेत एमालेले उनलाई एमालेले निलम्बन गरेको छ । शनिबार नेकपा (एमाले) कोशी प्रदेश कमिटीले अधिकारीलाई निलम्बन गरेको हो ।

    मन्त्री अधिकारीसँगै १० लाख रुपैयाँसम्म लिएर बिचौलियाहरुले जापानमा मानवतस्करी गरेको खुलेपछि उनले मन्त्रीपदबाट राजीनामा दिइसकेका छन् । राजीनामा दिएका मन्त्री अधिकारीले आफूमाथि छानबिन गर्न माग गर्दै पार्टीमा जिम्मेवारीबाट मुक्त गर्न माग निवेदन पनि दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार