Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति


    मंगलबार, कार्तिक २७ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    मंगलबार काठमाडौँ जिल्ला अदालतले अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

    आइतबार विराटनगरबाट पक्राउ परेका अधिकारीलाई सोहि दिन काठमाडौं ल्याइएको थियो । काठमाडौँ ल्याएकै दिन उनलाई प्रहरीले अदालतमा पेश गरेको थियो । अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार