विराटनगर । मानवतस्करीमा मुछिएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । मोरङ–२ को प्रदेशसभा–२ बाट निर्वाचित नेकपा एमालेका प्रदेशसभा सदस्य अधिकारी मुख्यमन्त्री हिक्मत कार्कीका निकट मानिन्छन् ।
एक संस्थाले मन्त्री अधिकारीलाई जापान भ्रमणमा लाने क्रममा तीन जना युवालाई जापानमा पुर्याएर उतै छाड्न लागेको सूचना पाएपछि जापानले उनीहरुलाई डिपोर्ट गरिसकेपछि यो प्रकरणको लहरो तान्दा पहरो नै आएको हो ।
मन्त्री अधिकारी सरकारको अनुमति नलिई जापान भ्रमणमा गएको बिषय सार्वजनिक भएपछि एकपछि अर्को तथ्य खोतल्दै जाँदा जापानमा मानवतस्करीको रहस्य पर्दाफास भएपछि मुख्यमन्त्री हिक्मत कार्कीले उनलाई बोलाएर राजीनामा दिन लगाएका छन् । एमालेबाट मन्त्री भएका अधिकारी मुख्यमन्त्री कार्कीनिकट मानिन्छन् ।
मन्त्री अधिकारीले गएको कात्तिक ११ गतेदेखि १५ गतेसम्म जापान भ्रमण गरेका थिए । आफ्नै क्षेत्रका कार्यकर्ताको विश्वासमा जापान गएका मन्त्री अधिकारीसँग हङकङमा ट्रान्जिटको बेला उनीसँगै कार्यक्रममा सहभागी हुन हिँडेको भन्दै तीन जना नेपाली भेट्न आएपछि उनी झस्किन पुगेका थिए ।
अधिकारीलाई जापानको टोकियो महानगरपालिकाको कार्यक्रममा सहभागी हुनका लागि निम्तो आएको भनेर आयोजकले लगेका थिए । उनलाई जापान जाने व्यवस्थापन मोरङकै एक एमाले कार्यकर्ताले गरेका थिए । ती एमाले कार्यकर्ताले नक्कली कागजात बनाएर मन्त्रीको आडमा मानवतस्करी गर्न खोज्दा अधिकारीसहित मुख्यमन्त्री कार्कीसमेत विवादमा परेका छन् । मानवतस्करीका योजनाकार मोरङ एमालेका कार्यकर्ताको नाम भने प्रहरीले खुलाउन चाहेको छैन ।
तीन जनालाई जापान लैजाने भनेर पैसा उठाएको खुलासा भएपछि मन्त्री अधिकारीले हङकङबाटै नेपाल प्रहरीको बिशेष ब्यूरोका डीआईजी राजन अधिकारीलाई जानकारी गराएको दाबी गरेका छन् ।
मन्त्रीसँगै जापान जानेहरुमा खोटाङ घर भएका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा छन् । कात्तिक १४ मा टोकियोस्थित जापानको अध्यागमन कार्यालयले उनीहरुलाई डिपोर्ट गरेको थियो ।
काठमाडौँ विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई अध्यागमन कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगाइसकेको छ । र, प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend