चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत सत्रकिलोमा शुक्रबार बिहान बस र इलेक्ट्रिक माइक्रोबस ठोक्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमध्ये गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङसहित पाँच जनाको मृत्यु भ्याएको हो । माइक्रो बस चालकसहित तीन पुरुष र एक महिलाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनापछि उपचारका लागि लगिएका उनीहरू सबैको मृत्यु भरतपुर अस्पतालमा भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । ज्यान गुमाउने र घाइते सबै माइक्रोबसका यात्रुहरू हुन् । बसमा सवार यात्रुहरुको अवस्था भने सामान्य नै रहेको र चालक घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बसका चालक मकवानपुर हेटौडा उपमहानगर पालिका वडा नम्बर ९ बस्ने वर्ष ४४ का सुर्य विक्रम बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित...
काठमाडौं। धनकुटा साँगुरीगढी गाउँपालिका-७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागुऔषध गाँजासहित ट्रक बरामद गरिएको छ । कोशी लोकमार्गमा बुधबार राति करिब ११...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend