Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध


    आइतबार, असार १७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नारायणगढ(मुग्लिन सडकखण्ड शनिबार रातिदेखि पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।

    लगातार २७ घण्टा अवरुद्ध भएको सडक शनिबार साँझ ५ बजेदेखि सञ्चालनमा आएको थियो । तर राति साढे ११ बजे खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको मुग्लिन प्रहरीले जनाएको छ । सोही स्थानमा गत बिहीबारदेखि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार