काठमाडौं । नेपाल प्रहरीको नीति बनाउने पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठकमा एक गैरप्रहरीलाई सहभागी गराइएको छ । बिहीबार बसेको पीसीसी बैठकमा माओवादी द्वन्द्वकालमा प्रहरीको जागिर छाडेर विदेश पलायन भएका पूर्व प्रहरी नायब उपरीक्षक(डीएसपी) शिवजी श्रेष्ठलाई सहभागी गराइएको खुलेको छ ।
शिवजी श्रेष्ठले सामाजिक संजालमा आफू नेपाल प्रहरीको पीसीसी बैठकमा सहभागी भएको तस्वीर राखेका छन् । सामान्यतया पीसीसी बैठकको तस्वीर कहीँ कतै कसैले पनि सामाजिक संजालमा सेयर गर्दैनन् । तर श्रेष्ठले भने बिहीबारै उक्त तस्वीर सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।
पूर्व भगौडा डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराउने तारतम्य भने नेपाल प्रहरीका प्रवक्तासमेत रहेका डीआईजी दानबहादुर कार्कीले मिलाएको स्रोतले बताएको छ । शिवजी श्रेष्ठ द्वन्द्वकालमा रुकुममा डीएसपी हुँदा ५ जना गाई गोठालालाई माओवादी भनेर निर्मम हत्या गरेको आरोप लागेको थियो । द्वन्द्वकालमा प्रहरीको जागिरबाट भागेर उनी बेलायत पलायन भएका थिए । बेलायतमा पलायन भएका उनी हरेक बर्ष हुने गैरआवासीय नेपाल संघ(एनआरएनए)को कुम्भमेलामा भाग लिन आएको समयमा डीआईजी कार्कीको योजनामा पीसीसी बैठकमा सहभागी भएका थिए ।
प्रहरीको नीति बनाउने पीसीसी बैठकमा डीआईजीदेखि माथिल्लो पदका प्रहरी अधिकृतमात्र सहभागी हुन पाउँछन् । तर भगौडा डीएसपी श्रेष्ठलाई के आधारमा, कुन हैसियतमा पीसीसी बैठकमा सहभागी गराइयो भन्ने प्रश्न उठेको छ ।
डीआईजी दानबहादुर कार्कीलाई प्रहरीको ३० बर्षे सेवावधि छिटो हटाएर वर्तमान प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको अवकाशपछि नै आईजीपी हुने हतारो छ । जागिरबाट भागेका पूर्व डीएसपी श्रेष्ठले प्रहरीको ३० बर्षे सेवावधि हटाउन कानुन संशोधन गराइदिने आश्वासन दिएका छन् ।

ओखलढुंगा घर भएका श्रेष्ठले राज्य ब्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडामार्फत् प्रभावमा पारी कानुन संशोधन गराइदिने ठेक्का लिएका छन् । कानुन संशोधन गरी ३० बर्षे सेवावधि हटाउने आश्वासन दिएकाले डीआईजी कार्कीले उनलाई प्रहरीको नीति बनाउने पीसीसी बैठकमा सहभागी गराएको स्रोत बताउँछ । सभापति खतिवडाले आफूले भनेको जे पनि मान्ने भन्दै उनले ३० बर्षे हटाउने ठेक्का नै लिएपछि डीआईजी कार्कीले पछिल्ला दिनमा उनको निकै खातिरदारी गर्न थालेका छन् । आईजीपी कुँवरसँग मर्निङवाक गराउनेदेखि बाक्लो भेटघाट मिलाउने गरिरहेका छन् । उनले डीआईजी दानबहादुर कार्कीकै समन्वयमा आफू पीसीसी बैठकमा भाग लिएको उल्लेखसमेत गरेका छन् ।
आईजीपी कुँवरसँग कपन गुम्बादेखि विभिन्न ठाउँमा वाकिङमा गएको तस्वीरसमेत शिवजी श्रेष्ठले सामाजिक संजालमा राखेका छन् । मुख्यसचिव एकनारायण अर्याल आफ्नो क्लासमेट भएकाले तुरुन्तै ३० बर्षे सेवाहद हटाउने आश्वासन उनले डीआईजी कार्कीलाई दिएका छन् ।
द्वन्द्वकालमा सयौं प्रहरीले ज्यान गुमाइरहँदा भागेर बेलायती नागरिक हुन पुगेका श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराइएको बिषयलाई धेरै प्रहरीका उच्च अधिकारीले उचित ठानेका छैनन् । तर चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठनमा आईजीपी बसन्तबहादुर कुँवरले नै भगौडालाई बैठकमा राखेकोमा प्रकटरुपमा बिरोध भने कसैले गर्न सकेका छैनन् । आईजीपी कुँवरले डीआईजी कार्कीको सल्लाहमा १५ बर्षअघि नै जागिर छाडेर पलायन भएका श्रेष्ठलाई पीसीसी बैठकमा राखेका थिए । भगौडा डीएसपीलाई पीसीसी बैठक राख्दा राम्रो सन्देश नजाने पाटोतर्फ आईजीपी कुँवरले विचार नगरेको प्रहरी स्रोत बताउँछ ।
त्यसो त सभापति खतिवडादेखि मुख्यसचिवको नाम लिने श्रेष्ठले लविङ गरेर अहिले छिट्टै ३० बर्ष हटाएर अहिलेका आईजीको एक बर्ष थप्दिने आश्वासन समेत दिने गरेकाले उनलाई पीसीसीको बैठकसम्म कुँवरले राखेको खुलेको छ ।
२०४९ चैतमा प्रहरी निरीक्षकमा जागीर खाएका श्रेष्ठ धिरजप्रताप सिंहका ब्याची हुन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend