Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसएसपी बढुवामा चर्को प्रतिस्पर्धा, २० पदका लागि ४० एसपीको दौड


    मंगलबार, कार्तिक १३ २०८१
    3.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीमा एआइजी, डिआइजी र एसएसपीका रिक्त दरबन्दीमा एकैपटक बढुवा निकाल्ने गृहकार्य प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले गरिरहेको छ । दुई एआइजी, सात डिआइजी, २० एसएसपी तथा ३२ एसपी पद रिक्त छन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर १८ कात्तिकमा इन्टरपोलको सम्मेलनमा भाग लिन बेलायत जाने भएकाले त्यसअघि नै एसएसपीसम्म बढुवा गर्ने तयारीमा छन् ।

    बढुवामा सबैभन्दा बढी चर्को प्रतिस्पर्धा एसएसपीमै देखिएको छ । एसएसपीका २० पद रिक्त छन् । तर बढुवाका आकांक्षी ४० भन्दा बढी एसपी छन् । एसएसपी बढुवामा २०५६ सालको ब्याचका पनि छन् । बरिष्ठताकै आधारमा यो ब्याचका गोविन्द अधिकारी, बिमल कणेल, बिनोद सिलवाल, तुलबहादुर कार्की, राकेश सिंह र राजीव बस्नेत बढुवामा पर्ने संभावना प्रबल छ ।

    २०५८ को ब्याचबाट रमेश थापासहित पहिलो बढुवा सूचीबाट ११ जनामात्र बढुवा हुने सम्भावना छ । २०७५ फागुन ३ मा एसपी बढुवा भएको सूचीबाट विवादमा परेका प्रकाश रानाभाट र कमल थापा बाहेक जनार्दन जीसी, कृष्ण कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपमशमशेर जवरा, श्यामकुमार महतो, कृष्ण पँगेनी, नवराज अधिकारी र बीरबहादुर बुढा बढुवामा पर्ने देखिन्छ ।

    रमेश थापा आफ्नै घरबाट वर्तमान सरकार गठन भएकाले आफू त पहिलो वरियतामा पर्ने कुरामा ढुक्क नै छन् । साथै दोस्रो, तेस्रो र चौथो वरियतामा पनि कसलाई ल्याउने भनेर सूची तयार गर्न तल्लीन भएर लागेको स्रोत बताउँछ । यीमध्ये कतिपय कार्यक्षमतामा कमजोर र मानिन्छन् ।

    विगतमा कास्कीको एसपी हुँदा रवि लामिछानेको बिरुद्ध सूर्यदर्शन सहकारीका बचतकर्ताले दिएको उजुरी दर्ता नगरी उनलाई सहयोग गरेका एसपी अजय केसी पनि बढुवामा दोस्रो नम्बरमा पर्ने निश्चित भएको भन्दै हिंडेका छन् । रवि लामिछाने पावरमा हुँदा उनकै निकट केसी बिचौलिया नवीन बस्नेतमार्फत् पनि बालुवाटारमा पनि पहुँच पुर्याएर बढुवा हुने दाउमा छन् । उनलाई मापदण्ड अनुसार उचाई नपुगेको भन्दै अच्यूतकृष्ण खरेलले इन्स्पेक्टरमा भर्ना गर्न अस्वीकार गरेका थिए ।

    बाबु बिष्णुबहादुर महालेखापरीक्षक भएकाले छोरालाई भर्ना नगरेबापत बेरुजु निकालिदिए । वामदेव गौतमले बनाएका आईजीपी धु्रवबहादुर प्रधानले खरेलजस्तै बेरुजुमा पर्ने डरले उनलाई भर्ना गरेका थिए । केसी पूर्णबहादुर खड्काको आडमा सधैं आकर्षक जिल्ला बस्ने, अख्तियारमा सरुवा हुने अधिकृतमा पर्दछन् ।

    २०७७ बैशाख १७ मा एसपी भएको ब्याचबाट प्रभु ढकाल, होविन्द्र बोगटी, शान्तिराज कोइराला, सन्तोष सिंह राठौर, दयानिधि ज्ञवालीलगायतले बढुवामा पर्न चर्को लबिङ गरिरहेका छन् ।

    एआईजीमा डीआईजीद्वय दुर्गा सिंह र बुद्धिराज गुरुङलाई बढुवा सिफारिस गर्नुपर्ने हो । तर अवकाशको मुखमा रहेकी डीआईजी किरण राणाको बढुवा सिफारिस भइसकेको छ । अवकाशको मुखमा रहेका अर्का डीआईजी केदार ढकाल पनि बढुवाका लागि लागेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार