काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा बुधबार नेपाल र बंगलादेश भिड्दैछन् । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६:३० बजेदेखि सुरु हुदैछ ।
फाइनलका लागि दुवै देश तयार रहेको नेपाल र बंगलादेशका कप्तान तथा प्रशिक्षकले बताएका छन्।
मंगलबार रंगशालामा आयोजित प्री-म्याच प्रेस कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यका साथ नेपाली टोली मैदानमा उत्रिने बताए । उनले यसअघि भएका खेलमा देखिएका गल्तीलाई सुधार गरेर फाइनल खेल्ने बताए ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले उपाधि जित्ने गरि खेल्ने बताइन् । कप्तान एन्जिलाले नेपालको लागि उपाधि जित्ने अवसर भएकाले यो अवसर खेर नफाल्ने बताइन । उनले नेपाली टिम अहिले एकजुट भएर खेलिरहेकोले फाइनलको नतिजा आफ्नो पक्षमा हुनेमा विश्वस्त रहेको बताइन ।
त्यस्तै बंगलादेशका प्रशिक्षक र कप्तानले पनि राम्रो खेलेर नतिजा आफ्नो पक्षमा पार्ने दाबि गरेका थिए ।
यसअघि सम्पन्न सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई पराजित गरेर फाइनलमा पुगेका हुन् । अघिल्लो पटक २०२२ मा काठमाडौँमै भएको साफमा बंगलादेशले फाइनलमा नेपाललाई १-० ले पराजित गर्दै उपाधि जितेको थियो ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend