काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आजको बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओली मंसिरको पहिलो साता चीन भ्रमणमा जाने तयारीमा छन् ।
आजको मन्त्रिपरिषदको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रस्ताव ऊर्जा मन्त्री दीपक खड्काले नै ल्याउने भएका छन् ।
स्रोतका अनुसार कुलमानलाई हटाउने पक्षमा पछिल्ला दिनमा प्रधानमन्त्री ओली भन्दा पनि ऊर्जामन्त्री खड्का लागेका छन् । प्राधिकरणले बिहीबार डेडिकेटेड र टं«कलाइनको महसुल नतिर्ने ४४ उद्योगहरुको लाइन काटेपछि ऊर्जामन्त्री खड्का कार्यकारी निर्देशक घिसिङ हटाउन लागेका हुन् ।
प्रधानमन्त्री ओलीले पद सम्हाल्नासाथ कुलमानलाई कार्यकारी निर्देशकबाट हटाउन खोजेका थिए । तर कांग्रेसले नमानेका कारण हटाउन सकेका थिएनन् । तर अहिले कांग्रेसबाटै ऊर्जामन्त्री भएका खड्का नै कुलमानलाई हटाउने पक्षमा देखिएका छन् । नेपालीलाई १८ घन्टा लोडसेडिङमा राख्ने र ब्यापारीलाई २४ घन्टा बिजुली उपलब्ध गराउने प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेशकुमार काफ्ले मन्त्री खड्काका अघोषित सल्लाहकार हुन् ।
मन्त्रीले सल्लाहकार बनाएका प्रबल अधिकारीलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने भने पनि उनले कुलमानले अदालतबाट मुद्दा जित्ने भएकाले रुची नदेखाएपछि मन्त्री खड्का मुकेश काफ्लेलाई नै कार्यकारी निर्देशक बनाएर ब्यापारीको ८ अर्ब डेडिकेटेड र ट्रंकलाइनको महसुस मिनाहा गर्ने खेलमा लागेको आरोप छ ।
२०७२ माघदेखि २०७५ बैशाखसम्म उद्योगीले प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता ६ अर्ब ६० करोड छ । तर विद्युतको बिल तिर्न ६० दिन कातिसकेकाले त्यसमा २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न उद्योगीहरुलाई प्राधिकरणको निर्देशन दिएको थियो । गएको असोज २४ मा प्राधिकरणले ४९ उद्योगले थप दस्तुरसहित तिर्नुपर्ने विद्युत महशुल कार्तिक ८ भित्र बुझाउन र महशुल नतिरे कानुन बमोजिम असुल गर्ने सूचना सार्वजनिक गरेको थियो । उद्योगीलाई बक्यौता तिर्न दिएको समय बिहीबार सकिएसँगै प्राधिकरणले उद्योगको बिजुली काटेको थियो ।
नेपाल विद्युत प्राधिकरणले गत असार २५ गते पशुपति मुरारकाको अर्घाखाँची सिमेन्ट, व्यवसायी पवन गोल्यानको रिलायन्स स्पिनिङ मिल र संघाई ग्रुपको घोराही सिमेन्ट उद्योग लगायतका उद्योगको लाइन काटेको छ ।
प्राधिकरणको अभिलेख अनुसार सुलभ अग्रवाल र साहिल अग्रवालको जगदम्बाले १ अर्ब ६० करोड रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणको भनाइ छ ।
उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको अर्घाखाँची सिमेन्टले लोडसेडिङको अवधिमा प्रयोग गरेको डेडिकेटेड लाइन वापत ४४ करोड ८४ लाख रुपैयाँ भन्दा बढी महसुल तिर्न बाँकी छ ।
त्यसैगरी, दाङस्थित घोराही सिमेन्टले सो अवधिको मात्र ५० करोड ८५ लाख रुपैयाँ भन्दा बढी महसुल बक्यौता तिर्न बाँकी छ । पवन गोल्यानको मोरङस्थित रिलायन्स स्पिनिङ मिल्सले त झनै ७५ करोड ३६ लाख रुपैयाँ भन्दा बढी विद्युत महसुल तिरेको छैन ।
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
वीरगञ्ज । लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ का पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा लायन डा. रमेशकुमार अग्रवालको लायन्स क्लब मिलेनियम एमजेएफबाट सदस्यता समाप्त गरिएको घटनाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend