काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आजको बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओली मंसिरको पहिलो साता चीन भ्रमणमा जाने तयारीमा छन् ।
आजको मन्त्रिपरिषदको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रस्ताव ऊर्जा मन्त्री दीपक खड्काले नै ल्याउने भएका छन् ।
स्रोतका अनुसार कुलमानलाई हटाउने पक्षमा पछिल्ला दिनमा प्रधानमन्त्री ओली भन्दा पनि ऊर्जामन्त्री खड्का लागेका छन् । प्राधिकरणले बिहीबार डेडिकेटेड र टं«कलाइनको महसुल नतिर्ने ४४ उद्योगहरुको लाइन काटेपछि ऊर्जामन्त्री खड्का कार्यकारी निर्देशक घिसिङ हटाउन लागेका हुन् ।
प्रधानमन्त्री ओलीले पद सम्हाल्नासाथ कुलमानलाई कार्यकारी निर्देशकबाट हटाउन खोजेका थिए । तर कांग्रेसले नमानेका कारण हटाउन सकेका थिएनन् । तर अहिले कांग्रेसबाटै ऊर्जामन्त्री भएका खड्का नै कुलमानलाई हटाउने पक्षमा देखिएका छन् । नेपालीलाई १८ घन्टा लोडसेडिङमा राख्ने र ब्यापारीलाई २४ घन्टा बिजुली उपलब्ध गराउने प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेशकुमार काफ्ले मन्त्री खड्काका अघोषित सल्लाहकार हुन् ।
मन्त्रीले सल्लाहकार बनाएका प्रबल अधिकारीलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने भने पनि उनले कुलमानले अदालतबाट मुद्दा जित्ने भएकाले रुची नदेखाएपछि मन्त्री खड्का मुकेश काफ्लेलाई नै कार्यकारी निर्देशक बनाएर ब्यापारीको ८ अर्ब डेडिकेटेड र ट्रंकलाइनको महसुस मिनाहा गर्ने खेलमा लागेको आरोप छ ।
२०७२ माघदेखि २०७५ बैशाखसम्म उद्योगीले प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता ६ अर्ब ६० करोड छ । तर विद्युतको बिल तिर्न ६० दिन कातिसकेकाले त्यसमा २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न उद्योगीहरुलाई प्राधिकरणको निर्देशन दिएको थियो । गएको असोज २४ मा प्राधिकरणले ४९ उद्योगले थप दस्तुरसहित तिर्नुपर्ने विद्युत महशुल कार्तिक ८ भित्र बुझाउन र महशुल नतिरे कानुन बमोजिम असुल गर्ने सूचना सार्वजनिक गरेको थियो । उद्योगीलाई बक्यौता तिर्न दिएको समय बिहीबार सकिएसँगै प्राधिकरणले उद्योगको बिजुली काटेको थियो ।
नेपाल विद्युत प्राधिकरणले गत असार २५ गते पशुपति मुरारकाको अर्घाखाँची सिमेन्ट, व्यवसायी पवन गोल्यानको रिलायन्स स्पिनिङ मिल र संघाई ग्रुपको घोराही सिमेन्ट उद्योग लगायतका उद्योगको लाइन काटेको छ ।
प्राधिकरणको अभिलेख अनुसार सुलभ अग्रवाल र साहिल अग्रवालको जगदम्बाले १ अर्ब ६० करोड रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणको भनाइ छ ।
उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको अर्घाखाँची सिमेन्टले लोडसेडिङको अवधिमा प्रयोग गरेको डेडिकेटेड लाइन वापत ४४ करोड ८४ लाख रुपैयाँ भन्दा बढी महसुल तिर्न बाँकी छ ।
त्यसैगरी, दाङस्थित घोराही सिमेन्टले सो अवधिको मात्र ५० करोड ८५ लाख रुपैयाँ भन्दा बढी महसुल बक्यौता तिर्न बाँकी छ । पवन गोल्यानको मोरङस्थित रिलायन्स स्पिनिङ मिल्सले त झनै ७५ करोड ३६ लाख रुपैयाँ भन्दा बढी विद्युत महसुल तिरेको छैन ।
काठमाडौं । बिचौलिया ब्यापारीको सेटिङमा आकर्षक भन्सार कार्यालयका प्रमुखको सरुवा हुने विगतको परम्परा वालेन्द्र शाह नेतृत्वको सरकारमा पनि कायमै रहेको खुलासा भएको छ ।...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend