काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख(एसपी) नवराज कार्की तानिएलगत्तै कोशी प्रदेशका डीआईजी चन्द्रकुवेर खापुङमाथि पनि छानबिन सुरु भएको छ ।
२५ लाख जुवादेखि क्रिप्टो कारोबारीसँग डीआईजीका घुमुवाको कनेक्सन देखिएपछि उनीमाथि छानबिन सुरु भएको बताइएको छ । आईजीपी बसन्तबहादुर कुँवरको निर्देशनबिपरीत दुहवी गणमा दरबन्दी रहेका सई भुवन श्रेष्ठलाई डीआईजी खापुङले घुमुवा राखेर असुली असुली गर्न छुट दिएको खुलेपछि उनीसँग प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको छ ।
नेपालफेस डटकमले बारम्बार कोशीमा घुमुवाले तस्करीको नेटवर्क नै चलाएको समाचार लेख्दैआएको छ । विनोद केसरीको चिनी तस्करी प्रकरणले सशस्त्रका एसपी तानिए, घुमुवा फिर्ता गरियो । तर नेपाल प्रहरीका न त घुमुवा नै तानिए न त कसैमाथि कारबाही नै भयो । डीआईजी खापुङले अर्का सई गोपाल श्रेष्ठलाई पनि कार्यालयमा हाजिर नै गर्नुनपर्नेगरी घुमुवामा परिचालन गर्दैआएका छन् ।
सई भुवन श्रेष्ठलाई दुहवी दंगा गणमा दरबन्दी राखेर घुमुवा राखेर घुमुवामा परिचालन गरेको छ । रंगेलीबाट जिल्ला प्रहरी कार्यालयमा तान्यो । तर अझै दरबन्दी रहेको दुहवी गणमा पठाइएको छैन । सादा पोशाकमा परिचालित सई श्रेष्ठले डीआईजीको आडमा असुली धन्दा गरेको समाचार ३ महिनाअघि नै नेपालफेसले प्रकाशित गरेको थियो ।
श्रेष्ठ डीआईजी र एसपीको घुमुवाका रुपमा परिचालित थिए । डीआईजीकै संरक्षणमा असुलीमा परिचालित सई श्रेष्ठलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएको छ । दरबन्दी रहेको दुहवी गणमा पठाइएको छ । मोरङमा काजसरुवा भएका एसपी नारायण चिमौरिया दुहवी गणमै कार्यरत थिए । उनीसँग पनि सई श्रेष्ठको सम्बन्ध राम्रो भएको र खुसी पारिरहेका कारण उनलाई दरबन्दी नपठाई आईजीपी कुँवरलाई गुमराहमा राख्न खोजिएको स्रोत बताउँछ ।
यसअघि तत्कालीन एसपी नवराज कार्कीले घुमुवाहरु भुवन श्रेष्ठ, उत्तम कार्की, सुवास चौधरीहरुलाई परिचालन गरी क्रिप्टो कारोबार गर्नेसँग आर्थिक लाभ लिएको आरोप लागेपछि छानविन भइरहेको छ ।
डीआइजी कार्कीले बेलबारीमा १२ बर्षदेखि घुमुवाका रुपमा जुवा अखाडामा सेटिङ गर्ने सहायक हवल्दार उत्तम कार्कीलाई यथावत राखेका छन् ।
खापुङ यसअघि दरबारमार्ग वृत्तमा डीएसपी हुँदा पनि विवादमा परी तानिएका थिए । तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालले उनले मिटरब्याजी सोभित सिलवाललाई कलडिटेल बेचेको देखिएपछि तानेका थिए ।
मोरङको घुसकाण्डको कोशी प्रदेशका एसएसपी भीम दाहालको नेतृत्वमा छानबिन भइरहेको छ । तर डीआईजी खापुङ नै घुसकाण्डमा मुछिएपछि निष्पक्ष छानबिन हुनेमा आशंका गर्न थालिएको छ ।
एसपी कार्की र डीआईजी नै पीडितलाई प्रभावमा पारी उजुरी दिनबाट रोक्नतिर लागेपछि दाहाल नेतृत्वको समितिले निष्पक्ष रुपमा काम गर्न गाह्रो देखिएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend