महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी हेरम्ब शर्माको प्रत्यक्ष संरक्षणमा घुमुवा प्रहरीले तस्करीको साम्राज्य चलाइरहेको खुलासा भएको छ ।
एसपी शर्माकै संरक्षणमा सहायक हवल्दार धर्मेन्द्र यादवले महोत्तरीमा तस्करीको लाइन खुलमखुल्ला चलाउँदैआएका छन् । ६ वर्षदेखि घुमुवाका रूपमा कार्यरत यादवले प्रहरीका उच्चपदस्थ अधिकारीहरूसँगको सम्बन्ध प्रयोग गर्दै महोत्तरीमा संगठित तवरले अवैध कारोबार सञ्चालन गर्दै आएका छन् । जिल्लाको इटहर्वा, कटैया, सम्सी, रघुनाथपुर, गैरा भेटपुरलगायत नाकाबाट चामल, गुड, चिनी, कपडा, किराना सामग्रीदेखि नेपालबाट चाइनीज स्याउसम्म भारततर्फ तस्करी हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
तस्करीको यो सञ्जाल ‘लाइन’ लिएर चलाइँदै आएको छ । इटहर्वा नाकाबाट जितु, सरिफुल, शंकर, शोभा, शम्भु, राजा, कालिया, आलम जहिर, गैरा भेटपुरबाट सुनिल यादव, श्याम, रन्जन, मेराज, उजाला लगायत व्यापारीहरू धर्मेन्द्र यादवसँग मिलेर तस्करीमा सक्रिय छन् ।
यादव हाल कागजमा बिदामा देखिए पनि वास्तविक रूपमा अवैध कारोबारमा अझै सक्रिय छन् । प्रहरी प्रधान कार्यालयले उनलाई दरबन्दीअनुसार स्थानान्तरण गर्न आदेश दिँदासमेत एसपी शर्माले उक्त आदेश बेवास्ता गर्दै संरक्षण दिइरहेका छन् । यसबाट प्रहरी नेतृत्व स्वयं नै तस्करीमा संलग्न रहेको सन्देश प्रवाहित भएको छ ।
सहायक हवल्दार यादव विभिन्न काण्डमा मुछिए पनि हालसम्म कुनै कारबाही नगर्नु प्रहरी नेतृत्वको संरक्षणको प्रत्यक्ष प्रमाणको रूपमा हेरिएको छ । प्रहरी स्रोतहरूका अनुसार, यादवले उच्च अधिकारीहरूलाई आर्थिक प्रभावमा पारेर पटक–पटक कारबाहीबाट उम्किँदै आएका छन् ।
यसअघि अर्का घुमुवा हवल्दार राजेश यादवसमेत विभिन्न काण्डमा मुछिएपछि मधेश प्रदेश प्रहरी गणमा तानिएका थिए । साथै इलाका प्रहरी कार्यालय गौशला अन्तर्गतका दुई जना घुमुवा धिरज महतो र एक सहायक लेखापालमाथि पनि अनुशासनात्मक कारबाही गरिएको थियो । तर धर्मेन्द्र यादव भने अझै राज्य संयन्त्रकै संरक्षणमा उन्मुक्त घुमिरहेका छन् ।
स्थानीयवासीहरूका अनुसार, यादवले प्रहरीको नाम र वर्दी दुरुपयोग गरी व्यापारिहरूसँग सिधा सेटिङ गरेर तस्करी मात्र हैन, आतंक नै सिर्जना गरिरहेका छन् । ‘घुमुवाहरूको जथाभावी चलखेल, हाकिमसँगको मिलेमतो र सामान्य जनतामाथि देखिएको दमनले प्रहरी प्रशासनमाथि नै प्रश्न उठ्न थालेको छ’ एक स्थानीय व्यापारीले भने ।
प्रहरीभित्रकै मिलेमतोमा तस्करी मौलाउँदै जानुमा चिन्ता व्यक्त गर्दै स्रोतहरू भन्छन्, ‘अब संघीय सरकारले गम्भीर हस्तक्षेप गरेर अनुसन्धान गर्नुपर्ने बेला आएको छ । साना कर्मचारीलाई मात्र होइन, संरक्षण दिने ठूला हाकिमहरूलाई समेत जवाफदेही बनाउनु जरुरी छ ।’
भिडियोमा हेर्नुस् यसरी हुन्छ तस्करी :
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend