महोत्तरी । महोत्तरीको सीमावर्ती क्षेत्रमा प्रहरीकै संरक्षणमा अवैध तस्करी र मासिक असुलीको धन्दा मौलाएको स्थानीय व्यापारी र प्रत्यक्षदर्शीहरूले आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत सहायक हवल्दार धर्मेन्द्रप्रसाद यादव र असई संजय पासवान मुख्य घुमुवा प्रहरीका रूपमा चिनिँदै आएका छन् । उनीहरू करिब ६ वर्षदेखि तस्करीलाई संरक्षण गर्ने र असुली गराउने प्रमुख पात्र बनेका कारण सीमावर्ती क्षेत्रमा अवैध कारोबार झन् तीव्र बन्दै गएको बताइन्छ ।
स्थानीय स्रोतका अनुसार सम्सी, इटहरवाकटी, पोखरभिन्डा, मटियानी, भिठामोडलगायतका नाकाबाट नेपालतर्फ रक्सी, चाइनीज सामग्री, स्क्र्याप र नकली ‘फेयर एण्ड लभ्ली’ सजिलै ओसारपसार हुनेगरेको छ भने भारततर्फबाट रजनीगन्धा, कपडा, किराना, दूध पाउडर, माछा र कुखुराका चल्ला भित्रिने गरेका छन् । दिउँसोको समयमा नै मोटरसाइकल र अटो रिक्सा मार्फत सामान ओसारपसार भइरहेको दृश्यसमेत प्राप्त भिडियोहरूमा कैद भएको छ ।
घुमुवा प्रहरीको संरक्षणमा तस्करहरूले फरक–फरक लाइन पाएका छन् । गौशला घर भएका कालिया उर्फ भभिखन महतोले कपडा, किराना र चिनीको लाइन सम्हालेका छन् भने अन्सारीले कपडा र किरानाको लाइन पाएका छन् । सम्सी नाकामा उजाला नाम गरेका व्यक्तिले चप्पल र हार्डवेयरको कारोबार गर्ने लाइन पाएका छन् ।
त्यस्तै घुमुवा धर्मेन्द्र यादव र संजय पासवानको मिलेमतोमा बिरेन्द्र शाह (खैरा), बिजय शाह, सजींव शाह, सोनु, बिनिता, राकेश शाह, रुपेश, मनोज कवाडी, बेचन शाह, रबि मिश्र, सरोज, चन्दन, साजन, प्रिन्स, पंकज, प्रमिला, सुधिर, बिपिन, अनिल, अन्तोष, सन्तोष, धमौली वाली, श्याम बाबु, दिलिप, लालु, सोनु मटिहानी, नजाम, साविर, धनेश्वर, राजकिशोर, रघु शाह, सुशील दास, मन्जु, मुलि, शंकर, काधिर, क्रीपाल मिश्र, ललन मण्डललगायत दर्जनौँ व्यक्तिले छुट्टाछुट्टै लाइन पाई अवैध कारोबार सञ्चालन गरिरहेका छन् ।
स्रोतका अनुसार सामान्य ट्रिपमा उठाइने असुली बाहेक ठूला तस्करका लागि मासिक दर तोकिएको छ । कालिया लगायत ठूला तस्करहरूले प्रतिमहिना करिब दुई लाख पचास हजार रुपैयाँदेखि माथि बुझाउने गरेका छन् । मोटरसाइकल वा अटो रिक्सा–ट्रलीमार्फत सामान ओसार्दा प्रतिट्रिप पाँच सयदेखि १५ सय रुपैयाँसम्म असुली हुने गरेको र ठूलो गाडीमार्फत सामान पठाउँदा पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म असुली हुने गरेको खुलासा भएको छ । यी नाकाबाट मात्र मासिक २० देखि २५ लाख रुपैयाँसम्म उठ्ने अनुमान गरिएको छ ।
यद्यपि प्रहरी प्रधान कार्यालयले पटक–पटक दरबन्दी भएको स्थानमा प्रहरी खटाउन पत्राचार गरेको भए पनि जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माले उल्टै संरक्षण गर्दै नाम मात्रको अस्थायी प्रहरी चौकी जमुनियामा स्थापना गरेका छन् । त्यहाँ औपचारिक रूपमा प्रहरी खटाइएको भए पनि वास्तविक काम भने घुमुवा प्रहरीहरूले गरिरहेका छन् । अस्थायी प्रहरी चौकी पर्सामा नामको इन्चार्ज देखाइए पनि असई संजय पासवान र सहायक हवल्दार धर्मेन्द्र यादव जमुनियाबाटै घुमुवा प्रहरीको रूपमा सक्रिय रहेका छन् ।
व्यापारीहरूको भनाइमा घुमुवा प्रहरीहरूले आफूलाई ‘हाकिमकै मान्छे’ भन्दै धम्की दिने मात्र होइन, नियमित असुली पनि गर्ने गरेका छन् । उनीहरूले यसबारे प्रहरी प्रधान कार्यालयसम्म उजुरी दिएका भए पनि हालसम्म कुनै कारबाही नभएको स्थानीयको गुनासो छ ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
काठमाडौँ । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले शिशु जन्माएको घटनाका बेला ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाइएको छ। स्वास्थ्य तथा खाद्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend