काठमाडौं । बीबीसी नेपाली सेवाले चुनावको सम्मुखमा जेनजी आन्दोलनसँग सम्बन्धित रहेर तयार पारेको डकुमेन्ट्रीलाई पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले ‘मिडिया ट्रायल’ को संज्ञा दिएका छन् । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बारेमा चुनावको सम्मुखमा आएर बीबीसी नेपाली सेवाले भिडियो बनाएपछि त्यसका बारेमा क्रिया–प्रतिक्रिया आइरहेका छन् ।
पूर्वआईजीपी अनलाइनसँग अन्तर्वार्ता दिंदै उनले डकुमेन्ट्रीमा प्रस्तुत भएका प्रहरीका संवाद र कलसाइनहरु हुबहु नहुनसक्ने दावी गरेका छन् । नेपाल प्रहरीको सञ्चार सेटको टावर, डाटा अद्यावधिक र भण्डारण अत्यन्तै संवेदनशील विषय भएको र ती कुरा जोकसैलाई प्रहरीले उपलब्ध नगराउने उनको भनाइ छ । खापुङ कात्तिक २७ गते नेपाल प्रहरी सेवाबाट अनिवार्य अवकास भएका थिए ।
बीबीसीको डकुमेन्ट्रीबारे के भन्नुहुन्छ ? भन्ने प्रश्नमा आईजीपी खापुङले भनेका छन्–‘यो ‘मिडिया ट्रायल’ हो । चुनावको मुखमा निकालेका छन् । त्यसैले यो ‘कन्टेन्ट’ (विषयबस्तु) मा भन्दा पनि ‘टपिक’ (शीर्षक) मा खेलिरहेका छन् । ‘कन्टेन्ट’ मा खासै केही छैन ।
कफ्र्यु लागिसकेपछि गोली हान्ने आदेश दिनुभएको हो कि होइन भन्ने अर्को प्रश्नमा तत्कालिन आईजीपी खापुङले ‘कफ्र्यु आदेश जारी भएपछि ‘आवश्यकता अनुसार गर’ भनेको छ । गोली हान भनेको त छैन नि । पुलिस मर्न आँट्यो, ज्यान जान आँट्यो, आगो लागिसक्यो के गर्ने भनेर कराइराख्दा कफ्र्यु आदेश जारी भएपछिको अवस्थामा कानून बमोजिम गर्ने हो । फिल्डको ‘सिचुएसन’ (परिस्थिति) हेरेर आवश्यकताअनुसार गर्ने हो ।’ भन्दै उत्तर दिएका छन् ।
तत्कालीन आईजीपी खापुङले जेनजी, रास्वपाहरुको ‘फेबर’ मा निर्वाचन परिणाम जाओस् भनेर पनि भिडियो सार्वजनिक गरेको हुनसक्ने हुनसक्ने बताएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend