Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै, नेपालको सामना माल्दिभ्ससँग


    सोमबार, कार्तिक ५ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जारी साफ महिला च्याम्पियनसिप फुटबलमा  नेपालले आज माल्दिभ्सको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र माल्दिभ्सबीचको खेल साँझ साढे ५ बजेदेखि शुरु हुने  हुनेछ ।

    समूह बी मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन् । नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्स श्रीलंकासँग १–० गोलले पराजित भएको थियो ।

    नेपालको एक अंक रहेको छ भने माल्दिभ्स अंकविहीन रहेको छ । समुह बी अन्तर्गत नै भुटान र श्रीलंकाबीच को खेल पनि आजै हुँदैछ । यो खेल अपराहन्न साढे १ बजेदेखि शुरु हुँदैछ । भुटानले आफ्नो पहिलो खेलमा नेपालसँग बराबरी खेलेको थियो भने श्रीलंकाले माल्दिभ्सलाई पराजित गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार