Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले महासचिवज्यू, सहकारी प्रकरणमा ऋषिकेश पोखरेल दम्पत्ति अनुसन्धानको दायरामा आउँदैनन् ?


    शनिबार, कार्तिक ३ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउपछि शुक्रबार एमालेका महासचिव शंकर पोखरेलले सहकारी प्रकरणमा एमालेसम्बद्ध बागलुङको ढोरपाटन गाउँपालिका अध्यक्ष देवकुमार नेपाली र एमालेको सहकारी विभागका सचिव केबी उप्रेतीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान प्रक्रियामा सहयोग गरेको कुरा सामाजिक संजाल फेसबुकमा लेखेका छन् । तर महासचिव पोखरेलले १० करोडभन्दा बढी सहकारीको बचत अपचलनमा मुछिएका सार्वजनिक लेखासमितिका सभापति ऋषिकेश पोखरेल र उनकी पत्नी अन्जलाको बारेमा केही पनि उल्लेख गरेका छैनन् ।

    मोरङको उमागौरी कृषि सहकारी संस्थाको १२ करोड रुपैयाँ अपचलनमा संसदको सार्वजनिक लेखासमितिका सभापति एवं नेकपा(एमाले)का नेता ऋषिकेश पोखरेल जोडिएका छन् । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उक्त सहकारी ठगी प्रकरणमा सांसद पोखरेलको समेत संलग्नता भएको खुलेको छ । तर पोखरेलले सांसद पोखरेललाई अनुसन्धान प्रक्रियामा सहयोग गर्न जिम्मेवारीबाट हटाएको बिषयमा केही पनि बोलेका छैनन् ।
    सांसद पोखरेल र उनकी श्रीमतीलाई चाहिँ अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्ने हो कि होइन, त्यो प्रश्न महासचिव पोखरेलतिर सोझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार