काठमाडौैं । गएको असोज १२ गतेको अबिरल बर्षापछि आएको बाढीमा परी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा पुरिएर ६ किशोर खेलाडीको मृत्यु भयो ।
अखिल नेपाल फुटबल संघ(एन्फा)को गैरजिम्मेवारीले गर्दा ती खेलाडीको मृत्यु भएको भए पनि सरकारले छानबिन समिति गठनसम्म नगरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् ।
विगतमा आँधीबेहरीका कारण दशरथ रंगशालामा धेरैको ज्यान जाँदा आफूले एन्फा अध्यक्षबाट राजीनामा दिएको प्रसंग उल्लेख गर्दै थापाले लेखेका छन्–‘०४५ साल फागुनमा आँधीबेहरीका कारण दशरथ रंगशालामा भएको दुर्घटनामा धेरैको ज्यान गयो । कसैको दबाब थिएन, कसैले राजीनामा मागेको पनि थिएन । अन्तर्आत्माको आवाज सुनेर अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षबाट मैले तत्काल राजीनामा दिएँ ।
सरकारले छानबिन आयोग गठन र्गयो । अन्ततः राष्ट्रिय खेलकुद परिषद विघटन भयो, शिक्षा मन्त्री राजीनामा दिन बाध्य भए । यो राजाको शासन र पंचायतकालको कुरा थियो ।
गत २०८१ असोजमा एन्फा व्यवस्थापनको गलत निर्णय र कमजोरीको कारण पहिरोमा परेर ६ जना किशोरको दुस्खद निधन भयो । वर्तमान समयमा एन्फा नेतृत्वबाट राजीनामाको आशा वा अपेक्षा गर्दिनँ । कमसेकम सरकारले छानविन आयोग गठन गरोस् र पीडितलाई न्याय देओस् भन्ने माग गर्दछु । यसतर्फ प्रम केपी ओलीको ध्यान आकर्षित गर्दछु ।’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend