मोहम्मद हबिब
भैरहवा । नेपाल राष्ट्र बैंकले हिन्दुहरुको महान पर्व दसैं, तिहार छठ पर्वलाई लक्षित गर्दै नयाँ नोट वितरण विगतमा गरेपनि यस वर्ष सुकिला नोट बजारमा पठाएको छ ।
राष्ट्र बैंकले सफा सुकिला नोटहरू पछिल्लो समय राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थासँग सुकिला नोटको स्टक बढ्दै गएकाले यसलाई दसैंमा प्रयोग गरौं भनेर यसपटक यस्तो निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरले नेपाल राष्ट्र बैक मुद्रा व्यवस्थापन विभागले तोकेको मापदण्ड अनुसार सर्वसाधरणका लागि असोज १३ गतेदेखि २२ गते सम्म नोट वितरण गरेकोे हो । प्रत्येक वर्ष दसैंमा सटही हुने गरेको नोटभन्दा दुई गुणा बढी सफा नोट स्टकमा रहेका कारणले त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले यस वर्ष थुप्रिएको सफा नोटलाई व्यवस्थापन गर्न र नयाँ नोटमा खर्च नगर्न सफा नोट व्यवस्थापन नीति लिएको हो ।
सिद्धार्थनगर अन्तर्गत पर्ने १० जिल्ला मध्ये रुपन्देहीमा राष्ट्र बैक स्वयमले र अन्य ९ जिल्लामा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरूको मार्फत नोट वितरण गरेको नेपाल राष्ट्र बैक प्रादेशिक कार्यालय सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदीले बताए ।
अर्घाखाँची, पाल्पा, गुल्मी, कपिलबस्त, पूवी नवलपरासी र नवलपरासीमा राष्ट्रिय वाणिज्य बैंक मार्फत तथा रोल्पा, प्युठान र पूवी रुकुममा नेपाल बैंक मार्फत ८३ करोड नोट पठाइएको छ । बैकले बैक तथा वित्तिय संस्थालाई १ अर्ब खुद्रा नोट पाठाएको छ भने ६ अर्ब ५० करोड ठूला दरकोृ नोट गरि ७ अर्ब ५० करोड नोट यो समयको दौरान पठाएको छ ।
गत वर्ष दशैको समयवधिमा रुपन्देहीमा सरदर दैनिक ७० करोड नोट बाहिरीन्थ्यो भने अहिले दैनिक रुपमा १ अर्ब ४० करोड अर्थात दोब्बर नै नोट बाहिरीएका छन यो भनेको आर्थिक अवस्था पहिला भन्दा चलायमान हुनु हो । यस्तै बाहिरी जिल्ला पाल्पामा गत वर्ष २३ करोड, गुल्मीमा २० करोड बाहिरीन्थ्यो भने यो दर पनि अहिले दोब्बर भएको छ । पहाडी जिल्लामा पनि करिब दोब्बर नै पैसा बैकबाट बाहिरीएको छ । यो तथ्याङले दशैको बेला पैसाको गतिविधी बढेको पाइएको निर्देशक सुवेदीले भने । नोट सटिने संख्यामा कमि आएपनि गत वर्ष भन्दा यो वर्ष दोब्बर पैसा राष्ट्र बैंकबाट बाहिरीएको छ यो भनेको आर्थिक गतिविधी चलायमान भएको अपेक्षा बैंकको हो ।
गत वर्ष ४० करोड ७१ लाख साना दरका नयाँ नोट वितरण गरिएकोमा यस वर्ष ८३ करोड सुकिला नोट सर्वसाधारण र अन्य जिल्लामा माग अनुसार पठाइएको छ । ५ दरको नोट बाहेक साना दरको सबै नोट मागे अनुरुप नै सर्वसाधरण, वित्तिय संस्था, कार्यालय, उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरुलाई वितरण गरिएको उपनिर्देशक पाण्डेले भने ।
गुल्मी, अर्घाखाची, पाल्पा, परासी, कपिलवस्तु, रोल्पा, प्युठान, पूर्वी नवलपरासी र पूर्वी रुकुममा नोट कोष सुविधा छ, नोट कोष सुविधा भएको बैंकको माग अनुसार नै प्रयाप्तताको आधारमा रकम पठाइएको छ । नोटलाई सुरक्षित तरिकाले उपयोग गर्नपनि राष्ट्र बैंकले सबैमा अनुरोध गरेको छ । यस्तै संस्था, संगठित कार्यालय र सरकारी कार्यालयहरुको माग र पत्रको आधारमा समेत नोट साट्ने व्यवस्था कार्यालयले गरेको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend