काठमाडौं । निजामती सेवा दिवसका दिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले घोषणा गरेका उत्कृष्ट कर्मचारीको सूची यसपटक पनि विवादमुक्त हुन सकेन ।
निजामती पुरस्कार वितरण गर्नका लागि घोषित सूचिमा उपसचिव सागर मिश्रको नाम उल्लेख गरिएपछि धेरैले आश्चर्य मानेका छन् । निजामती क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत दिइने उक्त पुरस्कार अख्तियार लगायतका निकायमा उजुरी परी छानबिन भइरहेका मिश्रलाई दिएपछि कर्मचारी वृत्त आश्चर्यमा परेको छ ।
विगतमा निजामती पुरस्कारका लागि उत्कृष्ट सेवा गरेका कर्मचारीहरुले निवेदन दिँदै आएका थिए । तर पछिल्लो समय पुरस्कृतको सूचीमा भ्रष्टहरुकै बाहुल्यता हुन थालेपछि मन्त्रालयले निकाल्ने सूचिमा राम्रा कर्मचारीहरुले निवेदन दिनै छाडेका छन् । यसपटक पनि संघीय मामिला मन्त्रालयले जेठ २१ गते नै पुरस्कारका लागि इच्छुक आवेदकहरुलाई आवेदन दिन सूचना जारी गरेको थियो । सोही सूचना बमोजित हाल कागेश्वरी मनोहरा नगरपालिका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत मिश्रले पनि आवेदन दिए । उनको आवेदनलाई पुरस्कार छनोट समितिका संयोजक मुख्यसचिव एकनारायण अर्यालले अनुमोदन गरिदिएर कर्मचारी वृत्तमै चासो निम्त्याएका छन् ।
मिश्र उपसचिव हुँदा संघीयता कार्यान्वयन हुनु अगाडि नै तत्कालीन जिल्ला विकास समिति डोल्पाको स्थानीय विकास अधिकारी थिए । त्यहाँ रहँदा उनले ग्रामीण गरिबी निवारणका लागि पूर्वाधार विकास कार्यक्रमको बजेट दुरुपयोग गरेको आरोपमा स्थानीयवासीले कालोमोसो समेत लगाएर लखेटिएको थियो । उक्त कार्यक्रम अन्तर्गत आएको बजेटमा झोलुङ्गे पुल निर्माणमा मिश्रले चरम घोटाला गरेको आरोप लागेको र सो सम्बन्धी मुद्दा अहिले पनि अख्तियारमा विचाराधीन रहेको छ । त्यसबेला जिल्ला विकास समितिलाई जिल्ला प्रशासन कार्यालयपछिको शक्तिशाली विकासे अड्डाको रुपमा मानिन्थ्यो ।
संघीयता कार्यान्वयनपछि इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रहँदा सिएफएल खरिदमा १ करोड घोटाला गरेको अभियोग लागेको र सेटिङ मिलाएर सो अभियोगलाई ढिसमिस बनाइएको आरोप छ । तत्कालीन इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले भ्रष्ट मिश्रको गतिविधिप्रति असैह्य भएपछि त्यहाँबाटै सरुवा गराएका थिए । त्यसपछि बाणिज्य विभागमा आएका मिश्रले विभागमा रहँदा व्यवसायीहरुलाई दुःख दिने, अनावश्यक रकमको बार्गेनिङ गर्ने गरेको आरोप लागेको थियो । सोही कारण उनको सरुवा वीर अस्पतालमा भएको थियो ।
वीर अस्पतालमा कार्यरत रहँदा मेशिन, औजार लगायतका इकुमेन्ट खरिदमा हालका निर्देशक डा. सन्तोष पौडेलसँग मिलेमतो गरी चरम भ्रष्टाचार गरेको र उनले मच्चाएको भ्रष्टाचारका फाइलहरु अहिले पनि अख्तियारको छानबिनका क्रममा रहेका छन् । झापाको प्वातीबारीका मिश्र हाल गोकर्णेश्वर ५ मा ग्रिनहिल सिटी नजिकै बसोबास गर्दै आएका छन् ।
झापाकै भएका कारण उनले प्रधानमन्त्री केपी शर्मा ओलीनिकट भएको फूर्ति लगाउने गरेको छन् । सामान्य प्रशासन मन्त्रालयको प्रशासन सुधार महाशाखाका प्रमुख सहसचिव उमेशकुमार ढकालसँग उनको निकट सम्बन्ध रहेको छ । आर्थिक सहयोगदेखि लिएर अन्य कोशेलीपात ढकाललाई पु¥याएर निकटता कायम गर्न सफल भएका मिश्रले निजामती पुरस्कार पाउनुमा ढकालको ठूलो योदगान रहेको छ । सहसचिव ढकालले नै मुख्यसचिव एकनारायण अर्यालसँग मिश्रलाई चिनजान गराएको र सोही चिनजानको फाइदा पुरस्कारका रुपमा उठाएको चर्चा सामान्य प्रशासन मन्त्रालयमा चल्ने गरेको छ ।
भ्रष्ट छविका मिश्रका बारेमा अख्तियार लगायत अन्य निकायमा छानविन भइरहेको र उनको विगत अत्यन्तै विवादास्पद रहेको अवस्थामा पनि पुरस्कृत हुनुले मुख्यसचिव नेतृत्वको छनोट समितिप्रति नै प्रश्न खडा भएको छ । उनी कागेश्वरीबाट सरुवा भएर उपत्यकाकै बुढानिलकण्ठ लगायत अन्य आकर्षक स्थानीय तह ताकिरहेका छन् ।
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend