सुस्ता । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नारायणी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि सुस्तावासीले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको बताएका छन् ।
आज सुस्ता वडा नम्बर ५ को सुस्ता गाउँलाई जोड्ने पुल उद्घाटन कार्यक्रममा बोल्दै सिंहले अब जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको बताए ।
‘झोलुङ्गे पुलको अभावमा राज्यले प्रदान गर्ने सेवा सुविधा लिन जोखिमपूर्ण यात्रा गर्नुपर्ने, लामो समय लाग्ने, निम्न माध्यमिक तहभन्दा माथिल्लो शिक्षाको लागि नारायणी नदीको दायाँ किनारातर्फ वा सदरमुकाम तर्फका अन्य स्थानमा डेरा गरी बस्नुपर्ने बाध्यता रहेकोमा पुलको निर्माणले त्यस्ता समस्याको समाधान गरेको छ,’ सिंहले भने, ‘स्वास्थ्य सुविधाबाट बञ्चित हुनुपर्ने अवस्थाको समेत अन्त्य भएको छ।’
सुस्ता क्षेत्रमा उत्पादन हुने उखु, केरा तथा अन्य कृषि उपजले सहज बजार पाउने अवस्थाको सिर्जना भएको पनि सिंहको भनाइ छ ।
झोलुङ्गे पुलको प्रयोग गरी विद्युतीय लाइनसमेत निर्माण गर्न सम्भव भएको र सुस्ताबासीलाई उज्यालो प्रदान गर्ने कार्य सम्पन्न गरेकोमा उनले नेपाल विद्युत प्राधिकरणलाई पनि धन्यवाद दिए ।
निर्माण कम्पनी त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सनले साढे २३ करोड रुपैयाँको लागतमा गत असार अन्तिम साता पुल निर्माण सम्पन्न गरेको हो।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend