काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको मन्त्रालयमा मन्त्राणीको हैकम चल्ने गरेको छ । मन्त्रीपत्नी सिर्जना सिंहले सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकदेखि आयोजना प्रमुखहरुलाई ठेक्कादेखि कर्मचारीको सरुवासम्मको सूची थमाउने गरेकी छन् । मन्त्री प्रकाशमान भए पनि मन्त्रालयका ठेक्कादेखि आयोजना प्रमुखसम्मको सरुवामा मन्त्रीपत्नीकै निर्देशनमा काम हुने गरेका छन् । मन्त्री सिंहको सोझोपनले गर्दा मन्त्रालयमा मन्त्रीपत्नी हावी हुँदैआएकी छन् ।
मन्त्रीपत्नीको हैकम चल्ने भएकाले ठेकेदार र कर्मचारीहरुको चाक्सीबारीमै लाइन लाग्ने गरेको छ । भवन बिभागका २० लाखसम्मका परामर्शका कामदेखि ठूला ठेक्कासम्म पनि मन्त्रीपत्नीकै तोकआदेशमा मात्र दिने गरिएको छ । मन्त्रीपत्नीले हुलै ठेकेदारहरुलाई पठाएपछि भवन विभाग र आयोजनाका कर्मचारीहरु पनि आजित छन् । भवन विभागका एक डीईले भन्छन्–‘मन्त्रीपत्नीका ठेकेदार पनि कति हुन् ?’
पार्टीको तर्फबाट सरकारको नेतृत्व गरेका प्रकाशमान सिंहलाई सफल बनाउनभन्दा पनि उनको परिवारभित्रैबाट उनलाई आर्थिक अनियमिततामा मुछ्ने काम हुँदैआएका छन् । ठेक्का र कर्मचारी सरुवामा आर्थिक लाभ लिनेतिर मात्र मन्त्राणीको ध्यान गएको छ । जसले गर्दा पंचायती तानाशाही ब्यवस्थाबिरुद्ध प्रजातन्त्र प्राप्तीको आन्दोलनको नेतृत्व गर्ने सर्वोच्च नेता स्व. गणेशमान सिंहकै इतिहास मेटाउने कार्य भइरहेको टिप्पणी पनि सहरी विकास मन्त्रालयका कर्मचारीले गर्न थालेका छन् ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जसरी उनकी श्रीमती मन्जु खाँणले डुबाइन्, प्रकाशमान सिंहलाई पनि सिर्जना सिंहले त्यही पथमा लगिरहेकी छन् । मन्त्री सिंहको अस्वस्थताका कारण उनलाई धेरै कुरा थाहा नै नदिई ठेकेदारसँग सेटिङ गर्ने काम सिर्जनाले गर्दैआएकी छन् । मन्त्रीपत्नी सिर्जनाले ठेक्कापट्टामा देखाएको अतिरिक्त चासोको बारेमा बालुवाटार र बुढानीलकन्ठमा समेत गुनासो पुगिसकेको छ ।
विगतमा गणेशमानकी छोरी रितासिंह बैद्यलाई बाल संगठनको आजीवन अध्यक्ष बनाएपछि उनलाई बिचौलियाहरुले दुरुपयोग गरी बालमन्दिरको जग्गा कौडीको मूल्यमा लिजमा दिन लगाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ पूर्जी नै जारी गरेको छ ।
रितासिंह बैद्यको कारणले गणेशमानको इतिहासमा धब्बा लगाउने कार्य त भएकै थियो, बुहारी सिर्जनाको कमिसन प्रेमले थप विवादमा पार्ने काम गरेको छ । रितासिंहले दलालहरुको फन्दामा परेर बालमन्दिरको जग्गा लिजमा दिंदा उनलाई जीवनको उत्तराद्र्धमा प्रहरीको कष्टडीमा जानुपर्ने अवस्था आएको थियो । श्रीमतीको हस्तक्षेपले प्रकाशमानलाई पनि भवन विभागका ठेक्कामा विवादमा तान्ने संभावना देखिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend