काठमाडौं । २०४६ को परिवर्तनलगत्तै प्रधानमन्त्रीको प्रस्ताव आए पनि त्याग गरेपछि नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको उचाई एकाएक बढ्यो । तर, तिनै सर्वोच्च नेताका नाति तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहका पुत्रद्वय प्रभाशमान सिंह र भाष्करमान सिंहले आफन्त तथा छिमेकीलाई धाक धम्की दिई तोडफोड गरेर अदालतको अन्तरिम आदेशको अवहेलना गरेका छन् । उनीहरुले ‘नेपो बेबीको मनोवृत्ति’ देखाएपछि आफ्ना बाजेको नाम बद्नाम गरिरहेका हुन् ।
उनीहरुको ताण्डव सहन नसकेर उच्च अदालत पाटनमा छिमेकी तथा आफन्तले दायर गरेको रीट निवेदनमा कित्ता नम्बर १२१६ को उक्त घर जग्गामा जे जस्तो अवस्थामा छ सोही अवस्थामा राख्नु, भएको संरचना तोडफोड गर्ने, भत्काउने, निवेदकको इज्जत प्रतिष्ठामा आघात पुर्याउने एवं धाकधम्की दिने कार्य नगर्नू नगराउनू भन्ने आदेश जारी भएको थियो ।
सोमबारको डायरी एक्सप्रेस साप्ताहिकमा समाचार छ–अदालतको आदेशबिपरीत राजनीतिक प्रभावको आडमा कानून हातमा लिएर काठमाडौं महानगरको नगर प्रहरी, काग्रेसबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरु बोलाएर थप दुःख दिने, हुलहुज्जत गर्ने अदालतको आदेश मान्दैनौं भन्दै हप्कीदप्की र धाकधम्की दिने कार्य जारी नै राखेका छन् । उनीहरुले अदालतलाई ठाडो चुनौती दिए पनि प्रशासनबाट कहीँ कतै सुनुवाइ भएको छैन ।
घटनाको सुरुवात कसरी भयो ?
नेपाली कांग्रेसका लौहपुरुष गणेशमान सिंह र भाइ शंकरमान सिंहकी आमा शुभद्रा कुमारी श्रेष्ठ (सानुनानी श्रेष्ठ) ले वि.स. २००८ सालमा ४५ हजार रुपैयाँमा राणा प्रधानमन्त्री श्री ३ महाराज जुद्धशम्शेरका छोरा बहादुरशम्शेर जवरासँग १४ रोपनी जग्गा चाक्सीबारीमा लिएकी थिइन् ।
यो जग्गाको अंशबण्डा गणेशमान र शंकरमानको श्रीमती नारायणीदेवीबीच वि.स.२०४० सालमा गरिएको थियो । चाक्सीबारीको घर पनि आधा आधा गरियो । नारायणीदेवीले आफ्नो घरतर्फ पूरै पर्खाल लगाइन् ।
शंकरमान र नारायणीदेवीका तीन छोराहरु क्रमशः त्रैलोक्यमान, महेन्द्रमान र बिभूतिमान हुन् । यिनीहरुमध्येका जेठा दाजु त्रैलोक्यमानको डिलाइट सिंह राणासँग विवाह भयोे । डिलाइट विवाह गरेर एक बर्षमात्रै घर बसिन् । त्यसपछि उनी माइतीमा बस्न लागिन् ।
यसरी विवाह गरेको २० बर्षपछि अर्थात २०६४ सालमा त्रैलोक्यमानको निधन भयो । त्यसपछि डिलाइट राणा सम्पत्तिको लोभले घर आइन् । उनको सम्पत्ति पुख्र्यौली भएकाले भाइहरु महेन्द्रमान र बिभूतिमानले चलनचल्तीको मोलमा खरिद गर्ने भनेर बर्षौंदेखि अनुरोध गर्दै आएपनि डिलाइट राणाले भित्री साँठगाँठ गरी प्रकाशमानका दुई छोरालाई सुटुक्क बेचिदिइन् ।
यो विषय पत्ता लगाएपछि मालपोत कार्यालय डिल्लीबजारमा गएर उक्त जग्गा निखन्नका लागि उनीहरु दुई दाजुभाइको तर्फबाट खरिद गरेका मूल्य ४ करोड ८० लाख रुपैयाँ धरौटी राखियो । अहिले अर्धन्यायिक निकाय भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा जग्गा रोक्का राखी मुद्दा चलिरहेको छ ।
यही अवस्थामा नगरप्रहरीको पहुँच देखाएर उनीहरुले उक्त ७ आना ३ पैसा २ दाम जग्गा र सोही ठाउँमा बनेको घर तोडफोड गर्ने प्रयास गरे । मंसिर २५ गते अदालतको आदेश अवहेलना गर्दै भाष्करमान सिंह र प्रभाशमान सिंहले पुनः हतियार प्रयोग गरी घर तोडफोड गरे, ताला फुटाएका छन् । यसरी मंसिर २५ गते भित्ताहरु फोडिएको थियो । त्यसपछि २८ गते उक्त घरको ढोका नै फोडियो । जुन भिडियोमा पनि प्रष्ट देख्न सकिन्छ ।
अदालतको आदेशबिपरीत घर तोडफोड गर्दै प्रभाशमान र भाष्करमानका मानिस
काठमाडौं महानगरपालिकाका नगरप्रहरीलाई निषेधाज्ञाको पत्र देखाउँदा पनि एकातर्फी रुपमा महेन्द्रमान र विभूतिमानका परिवारसामु प्रस्तुत भए । यसरी उनीहरु कहाँबाट आएको हो ? नाम के हो ? भन्ने जानकारीसमेत नदिएर गुण्डागर्दीकै शैलीमा बृद्ध महेन्द्रमान र बिभूतिमानका परिवारसामु गुण्डागर्दीकै शैलीमा प्रस्तुत भएका थिए । उनीहरुले अदालतको आदेश हामी मान्दैनौं भन्दै ठाडो चुनौती दिएको गुनासो महेन्द्रमानहरुको छ ।
त्यसपछि यो विषयमा महेन्द्रमान सिंहको परिवार अदालतमा अवहेलनाको रिट निवेदन लिएर जान बाध्य भयो । पुस २ गते प्रकाशमानका छोराहरुलाई उच्च अदालत पाटनकोे अवहेलनाको पत्र तामेलदारले बुझाएका छन् । पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहका छोराहरुले यो हदसम्मको ब्यवहार नगरेको भए राम्रो हुने चाक्सीबारीका स्थानीयहरुले यस प्रतिनिधिलाई बताएका छन् ।
यस घटनामा निवर्तमान उपप्रधान तथा शहरी मन्त्री विकास मन्त्री प्रकाशमान सिंहका छोरा प्रभाशमान सिंहसँग सम्पर्क गर्दा उनले अदालतको अवहेलना बारेमा थाहै नभएको प्रतिक्रिया दिए ।
उच्च अदालतको आदेश, जुन आदेश प्रकाशमान सिंहका छोराहरुले अवज्ञा गरेका छन्
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend