काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई एक्लै चुनाव लडेको भए हराइदिने दाबी गरेका छन् । उनले सिंहले एक्लै चुनाव नलडी सबै हत्कण्डा अपनाएर अर्काको बुई चढेर थोरै मार्जिनले जितेको आरोप लगाएका छन् ।
बालबालिकाको अनाथाश्रम बालमन्दिरको जग्गा कौडीको मूल्यमा कानुन मिचेर ब्यापारीलाई दिने निर्णय गराउने दिदी रितासिंह बैद्य संलग्न सीआईबीको फाइल अगाडि बढ्न नदिनका लागि प्रकाशमानले दबाब दिएको समाचार आज नयाँपत्रिकाले प्रकाशित गरेको छ । जुन समाचारको अंशसमेत राखेर मिश्रले अबको चुनावमा प्रकाशमानलाई हराएरै छाड्ने उल्लेख गरेका छन् ।
मिश्रले सामाजिक संजाल फेसबुकमा मंगलबार अपराह्न लेखेका छन्–‘एक्लै एक्लै लडेको भए मैले तपाईँ (प्रकाशमान सिंह) लाई दुबै पटक आरामले हराइदिन्थेँ । तर के गर्ने सबै हतकन्डा अपनाएर, अर्काको बुइ चढेर जित्नुभयो । त्यो पनि बल्लबल्ल थोरैथोरै मार्जिनले ।
तर चुनाव जितेर, उपप्रधानमन्त्री भएर के गर्नुहुन्छ ? तपाईँको भन्दा मेरो नाक १०० गुणा बढी ठाडो छ । याद गर्नुभा छ ?
चुनाव जित्दैमा, मन्त्री–प्रधानमन्त्री हुँदैमा इज्जत बढ्ने होइन । इज्जत बढ्न त त्यो अनुरूपको काम हुनुपर्छ, जुन तपाईँमा शून्य छ ।
मेरा लागि दूरदराजका असल शिक्षकको इज्जत तपाईँजस्ता मन्त्री–प्रधानमन्त्रीको भन्दा दशौँ गुणा बढी छ ।
अब तेस्रो पटक, अनाथ बालबालिकाको ‘बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ तपाईँलाई नहराई त कहाँ छोडुँला र !
जुन दिन म तपाईँलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ । यसलाई शाब्दिक होइन, प्रतिकात्मक रूपमा बुझ्नुहोला ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend