Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विवादित डीआइजी पोखरेल तानिए, मधेश प्रदेशको कमाण्ड आचार्यले गर्ने


    बुधबार, भाद्र २६ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा सुशन कर्माचार्यलाई प्रभावमा पारी मधेश प्रदेशमा सरुवा भएका यज्ञविनोद पोखरेल अवकाश हुनुभन्दा २ साता बाँकी हुँदा तानिएका छन् ।

    मधेश प्रदेशको प्रमुखको कार्यभार सम्हालेदेखि नै घुमुवा खटाउने र कमाउधन्दा संचालन गर्नेमात्र गरेपछि उनका बारेमा धेरै गुनासाहरु आए । जनकपुरमा बिचौलिया जितेन्द्र कर्णलाई घुमुवा राखेर ८ वटै जिल्लामा तस्करीको नेटवर्क चलाएर करोडौं असुली गरेको उजुरी परेपछि आईजीपी बसन्तबहादुर कुँवरले उनको खातापाता नै अनुसन्धान गरेको सार्वजनिक अभिब्यक्ति दिएका थिए ।

    कर्णलाई प्रहरीले नियन्त्रणमा लिएर डीआईजी पोखरेलको कनेक्सन खोजी गर्ने क्रममा उनको बैंकखातामा रकम गएको फेलापारेको थियो । त्यसपछि कर्णको सेटिङमा सरुवा गरिएका घुमुवाहरुलाई तानेर प्रहरी प्रधान कार्यालयले छानबिन गर्दा धेरै तथ्य फेलापरेका थिए । उनले अवकाश हुने १ महिनाअघि मात्र ४२ घुमुवालाई कर्णमार्फत् नै दररेट तोकेर विभिन्न नाका र राजमार्गको इन्चार्जमा खटाएका थिए ।

    गृह मन्त्रालयले बुधबार डीआईजी पोखरेललाई प्रदेश समन्वय विभागमा काज सरुवा गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालयको प्रमुखमा डीआईजी लालमणि आचार्यको सरुवा गरिएको छ । उनी नेपाल प्रहरी शिक्षालय भरपुरमा कार्यरत थिए ।

    त्यसैगरी, भरतपुर तालिम केन्द्रमा डिआइजी राजेश बाँस्तोलालाई पठाइएको छ । बाँस्तोलाको जागिर अवधि दुई महिनामात्र बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार