काठमाडौं । नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा सुशन कर्माचार्यलाई प्रभावमा पारी मधेश प्रदेशमा सरुवा भएका यज्ञविनोद पोखरेल अवकाश हुनुभन्दा २ साता बाँकी हुँदा तानिएका छन् ।
मधेश प्रदेशको प्रमुखको कार्यभार सम्हालेदेखि नै घुमुवा खटाउने र कमाउधन्दा संचालन गर्नेमात्र गरेपछि उनका बारेमा धेरै गुनासाहरु आए । जनकपुरमा बिचौलिया जितेन्द्र कर्णलाई घुमुवा राखेर ८ वटै जिल्लामा तस्करीको नेटवर्क चलाएर करोडौं असुली गरेको उजुरी परेपछि आईजीपी बसन्तबहादुर कुँवरले उनको खातापाता नै अनुसन्धान गरेको सार्वजनिक अभिब्यक्ति दिएका थिए ।
कर्णलाई प्रहरीले नियन्त्रणमा लिएर डीआईजी पोखरेलको कनेक्सन खोजी गर्ने क्रममा उनको बैंकखातामा रकम गएको फेलापारेको थियो । त्यसपछि कर्णको सेटिङमा सरुवा गरिएका घुमुवाहरुलाई तानेर प्रहरी प्रधान कार्यालयले छानबिन गर्दा धेरै तथ्य फेलापरेका थिए । उनले अवकाश हुने १ महिनाअघि मात्र ४२ घुमुवालाई कर्णमार्फत् नै दररेट तोकेर विभिन्न नाका र राजमार्गको इन्चार्जमा खटाएका थिए ।
गृह मन्त्रालयले बुधबार डीआईजी पोखरेललाई प्रदेश समन्वय विभागमा काज सरुवा गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालयको प्रमुखमा डीआईजी लालमणि आचार्यको सरुवा गरिएको छ । उनी नेपाल प्रहरी शिक्षालय भरपुरमा कार्यरत थिए ।
त्यसैगरी, भरतपुर तालिम केन्द्रमा डिआइजी राजेश बाँस्तोलालाई पठाइएको छ । बाँस्तोलाको जागिर अवधि दुई महिनामात्र बाँकी छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend