Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • सडकका भाग्यमानी हाकिम : पहुँचकै भरमा आकर्षक ठाउँमा सरुवा भए, पुरस्कार पनि उनैले पाए


    सोमबार, भाद्र २४ २०८१
    2.5K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । पहुँच भयो भने के हुँदैन ? सबैथोक हुन्छ । मान, प्रतिष्ठा पुरस्कार पाउनका लागि काम गर्नुपर्दैन, शक्ति र पैसा भए पुग्छ ।

    सडक विभागभित्र यस्तै उदाहरण बनेका छन्, सिनियर डिभिजन इन्जिनियर श्यामकुमार यादव । उनी विवादित इञ्जिनियर हुन् । उनको विगतको पृष्ठभूमि हेर्दा पुरस्कार पाउन योग्य कतैबाट पनि देखिंदैनन् । तर पनि पहुँच र पैसाको भरमा आकर्षक ठाउमा सरुवा भए र यस बर्षको निजामती सेवा पुरस्कार पाउन सफल भए ।

    यादव यतिबेला सडक डिभिजन झापाका प्रमुख भएका छन् । उनी गत साउनको पहिलो साता मुगलिन पोखरा सडक विस्तार योजना कार्यालयबाट झापा सडक डिभिजन कार्यालयमा एकल सरुवा भएका थिए ।

    सामान्यता एकल सरुवा गरिंदैन । तर उनको हकमा एकल सरुवा गरियो । झापा दमकका प्रधानमन्त्री ओलीको नाम भजाउँदै लाभ लिंदैआएका गोविन्द थापाको जोडबलमा उनको सरुवा गरिएको थियो । झापा निवासी युवासंघका पूर्व उपाध्यक्ष थापा यतिबेला अध्यक्ष ओलीसँग निकट भन्दै प्रहरीदेखि भौतिक र बिभिन्न मन्त्रालयमा सरुवा र ठेक्कापट्टामा चलखेल गर्दैआएका छन् ।

    एमालेले लिएका मन्त्रालयमा आकर्षक ठाउमा कर्मचारी सरुवा गराउन उनले विचलौयाको भूमिका निर्वाह गर्ने गरेका छन् । झापा घर भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग साइनो जोड्न उनलाई सजिलो भएको छ । थापासँग सम्बन्ध जोडेर यादवले आफूलाई झापा सरुवा गराउन सफल भए । थापाले यादवलाई आफूसँग लिएर भौतिक पूर्वाधार मन्त्री देबेन्द्र दाहाललाई भेट्न गएका थिए । त्यसपछि यादवको सरुवा पक्का भएको थियो । भौतिक मन्त्री दाहाल पनि झापाकै हुन ।

    यादवको सफलता यतिमात्र छैन, उनले यस वर्ष निजामती सेवा पुरस्कार पनि पाएका छन् । यादवले के उत्कृष्ट काम गरेर पुरस्कार पाएका हुन्, भौतिक पूर्वाधार मन्त्रालयका कर्मचारीहरू नै आश्चर्यमा परेका छन् । उनलाई पुरस्कार दिनुपर्ने कुनै आधार छैन । यसअघि उनी आयोजना प्रमुख हुँदा मुगलिङ–पोखरा सडक खण्डको अवस्था कस्तो छ सबैलाई जगजाहेर छ । कछुवा गतिमा काम भइरहेको छ ।

    जनताले हुनसम्म सास्ती भोगेका छन् । उक्त सडकको कछुवा गतिमै काम भइरहेको बेला उनको सरुवा झापामा भएको थियो ।

    मुगलिङ–पोखरा सडक खण्डको आयोजना कार्यालयमा जानुअघि यादव सडक विभागको सूचना अधिकारी थिए । त्यसअघि पनि उनी सधै आकर्षक कार्यालयको प्रमुख हुँदैआएका र अकूत सम्पत्ति आर्जन गरेका डीईमा पर्दछन् । त्यसैले पहुँच र पैसाको भरमा यादवले गरेको प्रगति देखेर सडक विभागका कर्मचारीहरु नै चकित छन् ।

    उनले लथालिङ्ग छाडेको मुङलिन–पोखरा सडकको ३० प्रतिशत पनि प्रगति हुन सकेको छैन । ठेक्का अवधि सकिन लाग्दा ३० प्रतिशत पनि प्रगति हुन नसकेको मुङलिन–पोखरा सडकको गएको असारसम्म प्रमुख रहेका उनलाई दण्डित गर्नुपर्नेमा पुरस्कृत गरी त्यो भन्दा आकर्षक झापा दमक सडक डिभिजनको प्रमुख मात्र बनाइएको छैन, बालुवाटारका बिचौलिया दाहिना भएपछि उनले यो बर्षको निजामती पुरस्कार समेत पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार