Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत


    शनिबार, भाद्र २२ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निजामती सेवा दिवसको अवसरमा आज सरकारले ४० जना कर्मचारीलाई पुरस्कृत गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा आयोजना गरिएको २१औँ निजामती सेवा दिवस समारोहमा कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेका हुन् ।

    यो वर्ष १० जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मान गरिएको छ । उत्कृष्ट निजामती सेवा पुरस्कार एक लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशीको छ । २ लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने सरकारले यस वर्ष पनि छनोट गर्न सकेन ।

    पुरस्कार पाउने कर्मचारीको सूची :

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार