Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज निजामती सेवा दिवस


    शुक्रबार, भाद्र २२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निजामती सेवा दिवस विविध कार्यक्रमसाथ मनाइँदैछ । सरकारले २०६२ सालदेखि हरेक वर्षको भदौ २२ गते यो दिवस मनाउँदै आएको छ ।

    तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१३ भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । तर, नियमित दिवस मनाउने प्रचलन पछिल्लो समयमा मात्र भयो ।

    हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दै छ ।

    निजामती दिवसका दिन सरकारले उत्कृष्ट कर्मचारीलाई पुरस्कृत, सेवानिवृत्तलाई सम्मानसमेत गर्दै आएको छ । जसअनुसार यो वर्ष ४० जना कर्मचारी पुरस्कृत हुँदैछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार