Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेसबुकले हटाएको बालेनको पोष्ट फिर्ता


    शुक्रबार, भाद्र २१ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहको पोष्ट फेसबुकले फिर्ता गरेको छ ।

    एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै लेखेको घरेलु बाल श्रमसम्बन्धी स्ट्याटसलाई फेसबुकले केही दिनअघि हटाएको थियो ।

    बालेनले भने आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोशित बनेका थिए । बालेनको पोष्टमा रिपोर्ट गरेर हटाउन भूमिका खेलेको भन्दै बालेनका समर्थकले ओलीको फेसबुक पेजमा अनफलोको अभियाननै चलाएका थिए ।

    यस क्रममा बालेन र ओलीका समर्थक एक आपसमा डिजिटल लडाईमा लागेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार