काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिवका लागि स्नातक तह उत्तीर्ण योग्यता आवश्यक पर्छ । तर परिषदका वर्तमान सदस्य सचिव टंकलाल घिसिङलाई शैक्षिक योग्यताको प्रमाणपत्र पेश नै नगरी मन्त्रिपरिषदले २०७८ मंसिर १४ गते नियुक्ति गरेकाले छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
असार १९ गते अख्तियारमा दर्ता भएको उक्त उजुरीमा घिसिङको सक्कल प्रमाणपत्र झिकाएर छानबिन गर्न माग गरिएको छ । दर्ता नम्बर सी–०८४६२४ रहेको उजुरीमा उल्लेख छ–‘शैक्षिक योग्यताको प्रमाणपत्र पेश नगरी घिसिङलाई सदस्य सचिव पदमा नियुक्ति गरिएको हुँदा आवश्यक अनुसन्धान गरी उनको शैक्षिक योग्यताको सक्कलै प्रति झिकाइ आवश्यक कारबाही गरियोस् ।’
राष्ट्रिय खेलकुद परिषद ऐन–२०७७ को परिच्छेद ४ को नियम १७ को उपनियम २(ख) बमोजिम सदस्य सचिवको शैक्षिक योग्यतामा नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उपाधी प्राप्त गरेको हुनुपर्ने ब्यवस्था छ । तर घिसिङको नियुक्तिका क्रममा शैक्षिक योग्यताको प्रमाणपत्र नै पेश नगरिएको उजुरीमा उल्लेख छ ।
घिसिङले ब्यक्तिगत विवरणमा भने रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंबाट स्नातक उत्तीर्ण गरेको उल्लेख गरेका छन् । ब्यक्तिगत विवरणमा स्नातक तह पास गरेको उल्लेख गरेका घिसिङले नियुक्ति गर्दा भने प्रमाणपत्र पेश नगरेकाले छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend