सञ्जय मिश्रा
रौतहट । आँपलाई फलको राजा भनिन्छ, हुन त अरु फलहरूका पनि आ-आफ्नै गुण, महत्व र विशेषताहरु नभएका होइनन् तर आँप भनेपछि यसको स्वाद, महत्व, विशेषता र यो फल खाएर पाइने सन्तुष्टिकै कारण यसलाई फलको राजा भानिन्छ ।
प्राकृतिक रूपमा पाकेको आँप खान कसलाई मन पर्दैन अर्थात् यो फल मन नपराउने सायद बिरलै मानिस होला । पाकेको आँप त्यसै खाँदा पनि हुने, भात, रोटी, चिउरा जेसँग मिसाएर खाँदा त्यतिकै सन्तुष्टि पाइन्छ । हुन त सहरी क्षेत्रमा दूध, बरफ लगायत अन्य सामग्री मिसाएर म्याङ्गो सेक बनाएर समेत खाने गरिन्छ । तर पछिल्लो समय व्यापारीहरूले बिभिन्न केमिकलको प्रयोग गरेर कृत्रिम रूपमा पकाएको आँप मानव स्वास्थका लागि मन्द बिष बन्दै गएको छ । फलको राजा आँपलाई बिष बनाएर खुलेआम बिक्री गरिरहँदा पनी राज्य मूकदर्शक बनेको छ ।
आँपको इतिहास
हजारौँ बर्षअगाडि पूर्वोत्तर भारत, म्यान्मार र बंगलादेशमा आँपको खेती पैदावार सुरु भएको थियो । जहाँबाट यो दक्षिण भारत आएको थियो । आँपको सबभन्दा पहलो नाम ‘आम्र(फल’ु राखिएको थियो । यसलाई प्रारम्भिक वैदिक साहित्यमा ‘रसाला’ र ‘सहकार’ को रूपमा पनि सन्दर्भित गरिएको थियो, जसको उल्लेख बृहदारण्यक उपनिषद र पुराणमा पनि पाइन्छ । यसमा आमको रुखलाई काट्नुलाई निन्दाको रुपमा उल्लेख गरिएको छ ।
दक्षिण भारतमा यो फलको नाम तमिलमा अनुवाद गर्दा आम काय राखिएको छ । जुन बोलीचालीको भाषामा बदलेर बिस्तारै ‘मामकाय’ बन गयो । मलयाली मानिसहरूले यसलाई पछि गएर ‘मांगा’ को नाम बदलेको थियो । केरलमा पुर्तगालीले यो फलसँग मोहित भएर यसलाई उनीहरूले आपको रूपमा अहिले रहेको इतिहास छ ।
आँप र बुद्ध बीचको सम्बन्ध
समय परिवर्तन हुँदै गयो, तर आँपप्रतिको प्रेम र सम्मानमा कुनै कमी आएको छैन । गौतम बुद्धको समयकालमा आपको अझै बढी लोकप्रियता हासिल गरेको थियो । बौद्ध धर्मको उदयसँगै, आँप र बुद्ध धर्मका अनुयायीबीच आस्था र समृद्धिको प्रतिनिधित्व गरेको थियो । त्यस समय आमलाई एउटा उपहारको रूपमा आदानप्रदान गर्न शुरू गरिएको थियो । त्यतिमात्र नभई कूटनीतिको लागि पनि आँपको प्रयोग भइरहेको थियो । सो समयकालमा बौद्ध भिक्षु जहाँ जाँदा पनि साथमा आप लिएर जान्थे, सो समय आँप फल मानिसहरूका बीचमा निकै लोकप्रिय भएको थियो ।
समृद्धिको प्रतीक आँप
प्राचीन भारतका शुरुवाती लेखक यात्री मेगस्थनीज र ह्सियुनत्सांगले लेखेका छन्– कसरी प्राचीन भारतीय राजा, विशेष रूपमा मौर्य, आँपलाई समृद्धिको प्रतीकको रूप मान्दथे र सड़क राजमार्गहरुको छेउमा आपको बिरुवा लगाउँदथे । यसका अलावा उनीहरूले आँप फलको अविश्वसनीय स्वादको के बारेमा पनि लेखेका थिए, जसका कारण आँप भारतभन्दा बाहर पनि निकै लोकप्रिय भएको थियो । मुंडा आदिवासीहरु र स्वामी चक्रधरको दत्तराय सम्प्रदायले पनि यस फललाई प्राचीन भारतका जनजनसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए ।
मुगल कालको अलाउद्दीन खिलजी आँपका पहिलो संरक्षक बने । उनले आफ्नो किलामा एउटा भव्य भोजको आयोजना गरेका थिए, जसको मेन्यूमा अलग–अलग किसिमको आँपका अलावा केही पनि थिएन । यसका अलावा आँपको एउटा छुट्टै कथा छ, जुन आँपप्रतिको मुगलहरुको प्रेम दर्शाउँछ । भनिन्छ, उनीहरू भारतबाट काबुल भाग्ने समय हुमायूले आँपको ठूलो भण्डार लगेका थिए । त्यसैगरी सो कालमा अकबरले बिहारको दरभंगा नजिकै आँपका विशाल लक्खी बाग बनाएको थियो । जसमा एक लाख भन्दा बढी आँपको रुख थियो ।
तोतापुरी, रटौल र केसरसहित महँगो जातको आपको शुरुवात त्यहीँबाट भएको मानिन्छ । यसका अलावा प्राचीनकाल भारतीय शासकहरूसँग जोडिएका आँपका अनेकौं कथाले पनि यसको महत्व झल्काउँछ ।
अंग्रेजहरुले कम गरे आँपको बर्चस्व
यूरोपीयनहरू भारतमा आएपछि आँपको बर्चस्व निकै प्रभावित भएको थियो । आँपको शाही ठाँट पनि बिस्तारै कम भएको थियो । भारतमा अहिले पनि अहमदाबाद, लखनउ,, इलाहाबाद, दिल्ली र गोवामा प्रत्येक बर्ष मैंगो फेस्टिवल मनाइन्छ । यसले एउटा सांस्कृतिक विरासतको रूपमा पहिचान गराउन मद्दत गर्छ ।
यस्तो इतिहास बोकेको फलको राजा आँपलाई अति ज्वलनशील पदार्थ कार्वाईड प्रयोग गरी पकाएर मन्दबिष बनाई खुलेआमम बिक्री गरिरहँदा पनि राज्य मूकदर्शक बनेको छ । सरोकारवाला निकायको बेवास्ताका कारण देशका साना ठूला प्रत्येक बजारमा समयअगावै कार्वाईड हालेर पकाइएको आँप व्यापारीले बिक्री गरिरहेका छन् । यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएका आँप स्वास्थ्यका लागि निकै हानिकारक हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
सुर्या अस्पताल वीरगन्जका डा. सरोज सिंहले हानिकारक रसायन हालेर पकाएको आँप खाँदा मानिसलाई रिङ्गटा लाग्ने, वाकवाकी आउने, पेट पोल्ने र झाडापखाला हुने तथा शरीरमा विभिन्न समस्या आउन सक्ने बताएका छन् । विषादी प्रयोग गरेको आँप खाँदा दीर्घकालीन रुपमा मानसिक रोग, टाउको दुख्ने, अनिद्रा, स्मरण शक्तिमा ह्रास, मस्तिष्क, आँखा र मिर्गौलामा असर पर्न सक्ने उनको भनाइ रहेको छ ।
त्यसैगरी बढ्दो तापक्रमले दैनिकी कष्टकर बनिरहेका बेला विषादी हालेर पकाइएका आँप खाँदा स्वास्थ्यमा थप असर गर्ने वीरगन्जका अर्का डा. अशोक दासले बताएका छन् । ‘कार्बाइड हालेर पकाइएको आँप खाँदा तत्काल पेट दुख्ने, बान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिन्छ’, डा. दासले भने । प्राकृतिक रूपमा साउनदेखि भदौमा पाक्ने आँपहरु केमिकल राखेर जेठ असारमै सकाइरहेका छन् । यसरी मानव स्वास्थसँग प्रत्यक्षरूपमा खेलवाड भइरहँदा राज्य मौन हुनु ठूलो विडम्बना भएको जानकारहरु बताउँछन् ।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौँ। बलिउड अभिनेता सोनु सूद नेपाल आएका छन्। उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्। भोटेकोसी बाढी प्रभावितलाई सहयोग गर्न उनी राहत सामग्री बोकेर...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend