Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फिस्लिङ बजार नजिक बस र कार ठोक्किए, २० जना घाइते


    शुक्रबार, असार १ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालगञ्जबाट काठमाडौं गइरहेको बस त्रिशुली किनारमा खसेको छ ।

    पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर रहेको छ ।

    नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।

    काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार र बस  कापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा करिब ४५ जना यात्री रहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार