Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झ्याप्ले खोलाको पहिरोमा अर्को माइक्रो बस भेटियो


    आइतबार, असोज १३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धादिङ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा माइक्रो बस पनि भेटिएको छ ।

    यो माइक्रो बस चितवनबाट आएको भएको बताइएको छ । माइक्रोको नम्बर भने अहिलेसम्म जानकारी भएको छैन ।  माइक्रोबाट तीन जनाको शव बाहिर निकालिएको छ ।

    नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा माइक्रो बस भेटिएको हो ।

    यस अघि पुरिएको अवस्थामा बस भेटिएको थियो । शुक्रबार गोरखाबाट काठमाडौँका लागि हिडेको यात्रु बस र शुक्रबार नै चितवनबाट काठमाडौँका लागि हिडेको माइक्रो बस सहिलेसंम सम्पर्कविहिन भएको बताइएको थियो ।

    यस अघि बुटवलबाट आएको विंगर शनिबार पुरिएको अवस्थामा भेटिएको थियो । सो विंगरमा रहेका १४ यात्रुको शव शनिबार नै निकालिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार