काठमाडौं । बागमती नदीको वातावरण सुधार गर्ने तथा सरसफाइ गर्ने नाममा हालसम्म २१ अर्ब २० करोड २५ लाख रुपियाँ सकिएको छ । तर, वागमतीको सरसफाईमा उल्लेख्य प्रगति भएको देखिँदैन ।
महालेखापरीक्षक कार्यालयले तोकिएको समयमा आयोजना नसकिएको भन्दै त्यसरी अनियन्त्रित रूपमा भएको खर्चमाथि प्रश्न उठाएको छ । २१ अर्बभन्दा बढी रकम सकिँदा समेत वागमती नदीको रूपरंग भने उस्तै छ, सरसफाइको कुनै झल्कोसमेत देखिँदैन भने नदी किनाराको सौन्दर्यकरण पनि अघि बढेको छैन ।
सरकारले झण्डै १४ वर्षअघि पशुपति क्षेत्रलगायत वागमती नदीको वातावरण सुधार गर्ने उद्देश्यले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति गठन गरी सोहीमार्फत् वागमतीको सरसफाई गर्दै आइरहेको थियो । २०६७ साल साउन २७ गतेको मन्त्रिपरिषद् बैठकले सो समितिमार्फत् सञ्चालन हुने एकीकृत कार्यक्रमको पाँच वर्षे योजना बनाउँदै त्यसका लागि २१ अर्ब १ करोड ४ लाख रकम विनियोजन गरेको थियो ।
सो आयोजना आर्थिक वर्ष २०८०-८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजनाको शुरूमा ५ वर्षे कार्ययोजना बनाएर सञ्चालन गरिएको थियो । सो पाँच वर्षे योजना सम्पन्न भएलगत्तै कार्यक्रमको समयावधि २०८३ असार मसान्तसम्म थप गरिएको थियो ।
महालेखाले वागमती सरसफाइ कार्यक्रम समयमा नै सम्पन्न गर्नुपर्नेमा त्यस्तो हुन नसकेको समेत औंल्याएको छ । ठूलो हल्लाखल्लाका साथ वागमती सरसफाइ अभियान थालिएको भए पनि त्यसको कार्यान्वयन पक्ष निकै फितलो देखिँदै आएको छ । वागमतीको पानी स्वच्छ र सफा देख्न पाइने काठमाडौंवासीको चाहना पूरा हुन अझै कैयौं वर्ष कुर्न पर्ने देखिएको छ । समितिको यस्तो काम गराइले वागमती सफा हुने अपेक्षा गर्न नसकिने स्थानीयको गुनासो छ ।
वागमती सरसफाइको नाममा अघिल्लो आर्थिक वर्ष २०७९-८० मा मात्रै १ अर्ब ९० करोड ५३ लाख खर्च भएको महालेखाले जनाएको छ । महालेखाका अनुसार वागमती सरसफाइ अन्तर्गत वागमती, विष्णुमती, नख्खु, बल्खु र हनुमन्ते खोला क्षेत्रमा गरिने निर्माण कार्यमा तोकिएअनुसारको काम प्रभावकारी हुन सकेका छैनन् ।
आयोजनाबाट नदी सौन्दर्यकरण कार्यक्रमअन्तर्गत ११ ससाना बाँध निर्माणलगायत केही कार्य सम्पन्न भएका छन् । यद्यपि, महालेखाले सो योजनाअन्तर्गत केही महत्वपूर्ण कार्यहरू गर्न बाँकी रहेको स्पष्ट पारेको छ । जसअनुसार सहायक नदीहरूमा ढल प्रशोधन गर्ने कार्यक्रम रहेकोमा टुकुचामा निर्माण प्रक्रिया अगाडि बढे पनि अन्य नदीमा प्रशोधन केन्द्रहरूको निर्माण कार्य अगाडि बढ्न नसकेको भन्दै आयोजनाहरू समयमा नै सम्पन्न हुनुपर्नेमा महालेखाको जोड छ ।
महालेखाले प्रभावकारी योजना तर्जुमा र कार्यान्वयन गरी सफाइ अभियानलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ । महालेखाले यसअघि पनि पटकपटक यस्तै प्रकारको सुझाव दिँदै आए पनि महालेखाको सुझावको पटक पटक बेवास्ता हुँदै आएको पाइएको छ ।
महालेखाले वाग्मती सरसफाइको नाममा विभिन्न अभियानहरू सञ्चालन गरिएको भए पनि सोसम्बन्धी खर्चको अभिलेख राखिएको छैन । कार्ययोजना अद्यावधि नभएको, समितिको बैठक नियमित बस्न नसकेको, सम्बन्धित निकायबीच उचित समन्वयको अभाव रहनुजस्ता कारणले अपेक्षाअनुसार उपलब्धि हासिल गर्न नसकेको महालेखाले ठहर गरेको छ ।
यसै गरी महालेखाले वागमती नदीको सिनामंगल, थापाथली, एवं अन्य सहायक नदीको आसपासका स्थानमा जग्गा अतिक्रमण हुँदा करिडोर तथा तटबन्ध निर्माण कार्य अगाडि बढ्न नसकेको औंल्याएको छ । आजको नेपाल समाचारपत्र दैनिकले लेखेको छ ।
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
काठमाडौं । लेनदेनको विषय नमिल्दा बाँकेको नौबस्ता कारागार १७ गते शनिवार रणभूमिमा परिणत भएको छ । दर्जनौं कैदी घाइते भएका छन् केहीलाई अस्पतालमा लगिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend