Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति चुरे–तराईका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध मुद्धा दायर


    शुक्रबार, बैशाख २८ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख २० हजार घुस लिएपछि गत वैशाख ५ गते  रंगेहात पक्राउ परेमा थिए ।

    अख्तियारले सेवाग्राहीसँग एक लाख बिस हजार रुपैयाँ घुस लिएको पुष्टि भएको सोही रकम बिगो कायम गरी कैद र  बिगो बमोजिम जरिवाना सजाय हुन मागदावीसहित मुद्दा दायर गरिएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार