काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको छ । केही सीडीओलाई गृहमन्त्रालय तथा मातहतका निकायमा फिर्ता गरिएको छ ।
रिक्त रहेको झापाको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयका सहसचिव श्रवणकुमार पोखरेललाई पठाइएको छ । महेन्द्र कुमार सापकोटालाई सल्यानबाट सुर्खेतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई भने गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई गोरखा खटाइएको छ । यसैगरी, खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई सहसचिवका रूपमा गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ । उनले राजीनामा दिइसकेका छन् । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई गृह मन्त्रालय, सिंहदरबार सरुवा गरिएको छ ।
रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई पर्वतको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ भने पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
यसैगरी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत बलराम निरौलालाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।
गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई महानिर्देशकका रूपमा लागूऔषध नियन्त्रण विभाग, काठमाडौं पठाइएको छ ।
त्यस्तै, सहसचिव बाबुराम घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गतबाट गृह मन्त्रालय, सिंहदरबारमै पदस्थापन गरिएको छ ।
डडेलधुराको प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीलाई जिल्ला प्रशासन कार्यालय, बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय काठमाडौंमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा कार्यरत वेदराज फुयाँललाई राजपत्र द्वितीय श्रेणीको प्रमुख जिल्ला अधिकारीका रूपमा डडेलधुरा पठाइएको छ ।
त्यस्तै, बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराललाई जाजरकोट पठाइएको छ । गृह मन्त्रालयका उपसचिव बन्दना के.सी.लाई सल्यान पठाइएको छ । उपसचिव गणेश गैरैलाई म्याग्दी पठाइएको छ ।
भोजपुर, खोटाङ, सल्यान र म्याग्दीमा नयाँ सीडीओ उपसचिव कुलशेखर अर्याललाई भोजपुर पठाइएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङलाई खोटाङ पठाइएको छ ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend