Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नयाँ आईजीपी थापालाई आज दज्र्यानी चिन्ह प्रदान गरिँदै


    मंगलबार, चैत्र ५ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले सोमबार नियुक्त गरेका महानिरीक्षक (आईजीपी) दीपक थापाले आज दज्र्यान चिह्न लगाउँदैछन् ।

    गृहमन्त्रालयले मंगलबार आईजीपी थापालाई दज्र्यान चिन्ह प्रदान गर्ने भएको हो ।

    आईजीपी थापालाई गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिन्ह लगाउने कार्यतालिका रहेको छ ।

    सरकारले सोमबार थापालाई आईजीपीमा बढुवा गरेको थियो । एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा नेपाल प्रहरी प्रमुख बनेका हुन् ।

    सेवा प्रवेश गरेदेखि एआईजी हुँदासम्म थापाले २० भन्दा बढी युनिटको नेतृत्व गरिसकेका छन् । प्रहरीभित्र उनी नेतृत्व क्षमताको आधारमा सबभन्दा बढी युनिट कमाण्ड गर्ने अफिसरको रूपमा परिचित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार