मकवानपुर । हेटौंडा १० बसपार्कमा आज (शनिबार) बिहान एक युवकमाथि खुकुरी प्रहार भएको छ ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ महेन्द्रनगर बस्ने बर्ष १९ को आयुष कुँवरमाथि खुकुरी प्रहार भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. ३ बसामाडी घर भई हाल हेटौंडा–११ थानाभर्याङ डेरा गरी बस्ने बर्ष २० को समिर थिङ र १८ बर्षीय पञ्च बहादुर तामाङले कुँवर माथी खुकुरी प्रहार गरेका हुन् ।
प्रहरीका अनुसार खुकुरी प्रहारबाट कुँवरको टाउको, गर्दन र दाहिने हातको कान्छि औलामा चोट लागेको छ । उनको उपचारको लागि हेटौंडा अस्पतालमा पठाईएको थियो । त्यहाँ उपचार संभव नभएपछि शनिबार बिहान चुरेहिल अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुबै जनालाई खुकुरी सहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend