Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • १५ हजार घुस लिने वडाध्यक्षको पद नै चट्, अख्तियारद्वारा मुद्दा दर्ता


    सोमबार, बैशाख १७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका–२ का वडाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    वडाध्यक्ष उजेर अलीले घरबाटो सिफारिस दिन एक सेवाग्राहीसँग १५ हजार घुस लिएको पुष्टि भएपछि सोमबार अख्तियारले उनीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    उनीविरूद्ध १५ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ क उपदफा (क) बमोजिम कैदा सजाय बिगो बमोजिम जरिवाना माग गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार