काठमाडौ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) मा इडुरोम सञ्चालन गर्ने भएको छ । यसका लागि नागरिक उड्डयन कार्यालय र नेपाल रिशर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन) बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षरपछि अब सबैले विमानस्थलमा निर्वाध इडुरोम प्रयोग गर्न पाउने भएको हो ।
एनरेनले नेपालका सबै शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरूलाई वर्डलिङ्क मार्फत निशुल्क इडुरोम सेवा प्रदान गर्दै आएको जनाइएको छ । एनरेनले यो सेवा दिन थालेको धेरै वर्ष भइसक्दा पनि नेपालमा अनुसन्धानलाई दिइएको न्यून प्राथमिकता र अझैसम्म पनि पौराणिक शिक्षण विधि अपनाइएको कारण यो सेवाबारे धेरै संस्थाहरू अनभिज्ञ छन् । देश कोभिड महामारीले आक्रान्त भई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न असम्भव हुँदा एनरेनले शिक्षण संस्थाहरूलाई जूमको प्रयोग गरी अनलाइन कक्षा लिने सेवा दिन थालेपछि यस सञ्जालबारे उत्सुकता बढ्न शुरु भएको थियो । यसपछि एनरेनको सदस्य सङ्ख्यामा छोटो समयमै उल्लेख्य वृद्धि भएको थियो । कोभिड महामारीको प्रभाव घटेपछि पनि एनरेनले आफ्नो सेवा निरन्तर दिइरहेको छ । पछिल्लो समयमा एनरेनको सदस्य सङ्ख्यामा बिस्तारै वृद्धि भएको छ । तर अनभिज्ञताकै कारण देशका अधिकांश शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरू एनरेनबाट पाउनसक्ने सेवाबाट अझै टाढा छन् ।
के हो इडुरोम?
विश्वका शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरूको इन्टरनेट जस्तै एउटा छुट्टै सञ्जाललाई इडुरोम भनिन्छ। शिक्षण, अनुसन्धान तथा पेशागत रूपमा बढि प्रयोग हुने यस इडुरोम प्रयोग गर्दा आफ्नो कम्प्युटरमा भाइरस सर्ने सम्भावना न्यून रहन्छ। विश्वका सुपर कम्प्युटरहरूको अति शक्तिशाली क्षमतामा निर्बाध पहुँच हुने हुँदा शिक्षण तथा अनुसन्धानको लागि आफैसँग ठूला सर्भरहरू आवश्यक पर्दैन। इडुरोम सेवा आफ्नो मोबाइल वा कम्प्युटरमा छ भने विश्वका कुनै पनि नाम चलेका विमानस्थल, विश्वविद्यालय र अनुसन्धान निकायमा जाने बित्तिकै लग–इन नगरिकनै आफै कनेक्ट हुन्छ।
के हो एनरेन?
विश्वका प्रतिष्ठित शिक्षण संस्था तथा अनुसन्धान निकायहरूको एउटा विश्वव्यापी सञ्जाल छ। हरेक देशमा उक्त सञ्जालसँग जोडिन एउटा छुट्टै निकाय स्थापना गरिएको हुन्छ। नेपालमा रहेको उक्त निकाय नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन) हो। एनरेन एउटा विशुद्ध गैरनाफामूलक गैरसरकारी संस्थाको रूपमा दर्ता गरिएको छ। अन्य कयौं देशहरूमा यस प्रकारका संस्था सरकार आफैले वा राष्ट्रिय स्तरका विश्वविद्यालयहरूले सञ्चालन गर्ने गरेका छन्। एनरेनका व्यक्तिगत तथा संस्थागत सदस्यहरूले यस सञ्जालको सबै सुविधाहरू प्रयोग गर्न सक्छन्। एनरेनमा अहिले सम्ममा नेपालका कयौं सरकारी, अनुसन्धान तथा शिक्षण संस्थाहरू आबद्ध छन्।
एनरेनले आफ्ना सदस्यहरूलाई जूम प्रयोग गरी अनलाइन कार्यक्रम चलाउने सुविधा, इडुरोम प्रयोग गरी पेशागत सञ्जाल मार्फत निशुल्क इन्टरनेट प्रयोग, प्रतिष्ठित पेशागत जर्नलमा प्रकाशित शोध लेखहरूमा पहुँच, अन्तर्राष्ट्रिय शिक्षण तथा अनुसन्धान निकायहरूसँग आवद्द रही ती निकायहरूसँग आर्थिक तथा प्राविधिक सहकार्य गर्ने र उनीहरूका शोध पूर्वाधारहरू प्रयोग गर्ने अवसर, र नेपालकै संस्थाहरूले आफ्ना शैक्षिक तथा शोधकार्यको नतिजा अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर गर्न साझा डबली प्रदान गर्दछ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend