Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संवैधानिक परिषद्को बैठक स्थगित, अर्को बैठक १८ चैतमा


    सोमबार, चैत्र १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सोमबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

    सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । बैठक स्थगित हुनुको कारण खुलाइएको छैन । यही १८ चैतमा बस्नेगरी बैठक स्थगित गरिएको छ ।

    महालेखा परीक्षक पद रिक्त भएको ९ महिना बितिसकेको छ । निमित्तकै भरमा महालेखा परीक्षक परीक्षक कार्यालय चलिरहेको छ । निर्वाचन आयोगका २ आयुक्त रिक्त छन् । यसअघिको सत्ता गठबन्धनको समयमा परिषदको बैठक ने बस्न सकेको थिएन ।

    ६ सदस्यीय संवेधानिक परिषदमा सत्ता पक्षका ४ जना छन् । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठबाहेक सबै सदस्य सत्तारुढ दलका हु्न् । संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष, सदस्यहरुमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य हुन्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार