Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुन तस्करी प्रकरणः पक्राउ परेकी अमलालाई प्रधानमन्त्रीकै निर्देशनमा छाडिएको खुलासा


    आइतबार, चैत्र ४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सुन तस्करीमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएका जीवन चलाउनेलाई राजनीतिक दबाबमा छाडिएको बिषय सार्वजनिक भइसकेको छ । चलाउनेलाई मात्र होइनम, सुन तस्करीमा मुछिएकी रोल्पाकी अमला रोका मगरलाई प्रधानमन्त्रीको दबाबमा छाडिएको खुलेको छ ।

    राजस्व अनुसन्धान विभागले गएको साउनमा सिनामंगल क्षेत्रबाट बरामद गरेको तस्करीको करिब ६० किलो सुनका विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई जिम्मा दिनुअघि रोका मगरलाई सोधपुछका लागि पक्राउ गरेको थियो । पक्राउ गरिएको केही घण्टामै उनलाई प्रधानमन्त्रीको दबाबमा छाडिएको उच्च स्रोतले जनाएको छ । अमलालाई पक्राउ परेको केही घन्टामै छाड्न प्रधानमन्त्री नै दबाब दिएको बिषयमा आजको नागरिक दैनिकले समाचार प्रकाशित गरेको छ ।

    प्रधानमन्त्री कार्यालयमातहतको राजस्व अनुसन्धान विभागले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब ६० किलो सुन सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो । हङकङबाट ब्रेक सुमा लुकाएर उक्त सुन ल्याइएको थियो ।

    ‘राजस्व अनुसन्धान विभागले उक्त सुन तस्करीमा जोडिएका केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। त्यसमा अमला रोका मगर पनि थिइन्। उनलाई नियन्त्रणमा लिएको केही घण्टामै माथिको आदेश भन्दै छाड्न निर्देशन आयो’, सरकारी उच्च स्रोतले भन्यो । स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारबाट रोका मगरलाई छाड्न दबाब दिइएको थियो । ‘प्रधानमन्त्री वा प्रधानमन्त्रीको सचिवालय एकीन भएन,’ त्यहींबाट दबाब आएपछि रोका मगरलाई छाडिएको स्रोतले भन्यो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार